केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !

सारांश

  • केपी शर्मा ओलीलाई सके सरकारबाट विस्थापित गर्ने, नसके तह लगाएर छोड्ने योजनाका साथ शुरु भएको प्रचण्डको गुप्त योजना असफल भएको छ ।
  • ओलीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउने र अन्ततः पार्टी अध्यक्षबाट समेत हटाउने उद्देश्यका साथ प्रचण्डले केपीविरुद्ध ‘बलियो’ मोर्चा खडा गरेका थिए ।
  • आफ्नो मोर्चामा वामदेव गौतम, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र भीम रावलदेखि घनश्याम भुसाल र योगेश भट्टराईसम्मलाई सामेल गरिसकेको बताएर प्रचण्डले माधवकुमार नेपालको विश्वास प्राप्त गर्ने अन्तिम कसरत गरेका थिए ।

केपी शर्मा ओलीलाई सके सरकारबाट विस्थापित गर्ने, नसके तह लगाएर छोड्ने योजनाका साथ शुरु भएको प्रचण्डको गुप्त योजना असफल भएको छ । ओलीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउने र अन्ततः पार्टी अध्यक्षबाट समेत हटाउने उद्देश्यका साथ प्रचण्डले केपीविरुद्ध ‘बलियो’ मोर्चा खडा गरेका थिए ।

आफ्नो मोर्चामा वामदेव गौतम, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र भीम रावलदेखि घनश्याम भुसाल र योगेश भट्टराईसम्मलाई सामेल गरिसकेको बताएर प्रचण्डले माधवकुमार नेपालको विश्वास प्राप्त गर्ने अन्तिम कसरत गरेका थिए ।

केपीका विरुद्ध सबैजसो नेताहरु एकजुट भइसकेको ‘आकर्षक स्थिति’ देखाएपछि माधव नेपाल पनि प्रचण्ड मोर्चामा सामेल हुन तम्तयार भएको बताइन्छ । केपीलाई पदमुक्त गरेर माधव नेपाललाई प्रधानमन्त्री बनाइने र आफू पार्टीको ‘एकलौटी अध्यक्ष’ बन्ने सपना पूरा गर्न आवश्यक परे लिखित सम्झौता नै गर्ने योजना प्रचण्डको थियो । तर, लुलो नेताका रुपमा चिनिने माधवकुमार नेपाल भने परिस्थितको ‘जोखना’ हेर्दै थिए ।

प्रचण्डसँग मिले पनि पद, केपीसँग मिले पनि पद प्राप्त हुने लाभको स्थितिमा माधव नेपाल रहेकाले उनी यतिबेला ‘शक्तिशाली बार्गेनर’ को हैसियतमा छन् । प्रचण्डले प्रधानमन्त्री उधारोमा दिइरहेका थिए भने केपी ओली तत्काल माधव नेपाललाई कार्यकारी वा कार्यवाहक अध्यक्ष बनाउन सक्ने अवस्थामा छन् । त्यसैले माधव नेपाल केपी विरुद्धको मोर्चाबन्दीमा सामेल हुनेभन्दा सहमति बनाएर अघि बढ्ने मानसिकतामा पुगेको बुझिएको छ । माधवको यही मानसिकता बुझ्न नसक्दा प्रचण्ड आफ्नो योजनामा तत्काल सफल हुन सकेका छैनन् ।

नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे पार्टीमा विग्रह पैदा हुने प्रकारको कुनै कार्य गर्न तत्पर नरहेको र सरकार विस्थापित गर्नेभन्दा पनि सरकारलाई प्रभावकारी बनाउनुपर्छ भन्ने पक्षमा श्रेष्ठ र पाण्डे रहेको बुझिन्छ । त्यस्तै वामदेव गौतम र योगेश भट्टराई पनि केपीले ‘एक्सेस’ नदिएकोले मात्र प्रचण्डतिर लागेको विश्वास गरिन्छ । यसबीचको केपीले जब आफ्नो शैलीमा परिवर्तन ल्याए र पार्टीका नेताहरुसँग संवाद र परामर्श शुरु गरे त्यसपछि प्रचण्डको सपना चकनाचुर हुन पुगेको छ । केपी र प्रचण्डबीच पटकपटक भएका संवादपछि प्रचण्ड आफूले चाल्न खोजेको भावी कदमबारे पुनर्विचार गर्ने स्थितिमा पुगेको बुझिएको छ । घटना र विचारबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालीलाई ल्याउन शनिबार चीन जादै निगमको वाइडबडी
नेपालीलाई ल्याउन शनिबार चीन जादै निगमको वाइडबडी
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि
उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
नेमकिपाको किल्ला भत्काउन  गठबन्धनकाे कसरत
नेमकिपाको किल्ला भत्काउन गठबन्धनकाे कसरत
प्रचण्डले फेरि उठाए सहमतिको कुरा, मन्त्रीहरु फेरिदै
प्रचण्डले फेरि उठाए सहमतिको कुरा, मन्त्रीहरु फेरिदै
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री
ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री

तपाईंले छुटाउनुभयो कि?