रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १, २०७९
|
|
२३ पटक हेरिएको
Shares
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त

सारांश

  • रुपन्देही ।
  • राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ ।
  • नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।

रुपन्देही । राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।

एमाले नेता विश्वकर्मा नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित छन् भने भुसाल माक्र्सवादी अध्येता हुन् । यसरी विगतमा एउटै पार्टी र विचार बोकेको पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०३७ मा तत्कालीन नेकपा (माले) बाट राजनीतिक यात्रा सुरु गरेका ६० वर्षीय विश्वकर्मा चौथो पटक सङ्घीय संसद्का लागि भुसालसँग निर्वाचन लड्दै छन् । “राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका र लामो समय एउटै दलमा रहेका नेताको प्रतिस्पर्धाले यो क्षेत्रको निर्वाचन रोचक बनेको छ”, स्थानीय अगुवा तिलोत्तमा–११ का वेद गिरीले भने ।

विश्वकर्माको राजनीतिक क्षेत्र र भुसालको गृहनगर यो निर्वाचन दुवै उम्मेदवारका लागि प्रतिष्ठाको विषय बनेकाले चुनावी माहोल पनि तातिँदै गएको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा चुनाव प्रचारमा लागेका विश्वकर्मा २०३८÷३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए । विद्यार्थी राजनीतिसँगै जातीय विभेद विरुद्धको आन्दोलनमा लामो समय नेतृत्व गरेका विश्वकर्मा २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्चका संस्थापक हुन् ।

विस २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बनेका विश्वकर्मा एमालेको छैटौँ महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । उनी सातौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र भारत प्रवासको इन्चार्ज भए ।

दोस्रो जनआन्दोलनपछि विश्वकर्मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भएका विश्वकर्मा दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतले पराजित भए । विसं २०७४ मा रज्जाकलाई पराजित गरी विश्वकर्मा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

यस क्षेत्रको विकास र समृद्धिका लागि योगदान गरेका कारण यो निर्वाचनमा पनि जनताले साथ दिने आशा विश्वकर्माको छ । पूर्वाधार विकासतर्फ उत्तर दक्षिण सडक, सरकारी मेडिकल कलेज र देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना, रोहिणी नदीको संरक्षणलगायतका दर्जनौँ योजना अघि बढाउने उनको प्रतिवद्धता छ ।

स्याङ्जाको पिडीखोलामा जन्मिएका स्वतन्त्र उम्मेदवार ६१ वर्षीय भुसाल २०२१ मा रूपन्देहीको करहिया झरेका हुन् । अहिले तिलोत्तमा–९ का स्थायी बासिन्दा भुसाल मणिग्रामको संस्कृत माध्यमिक विद्यालयमा पढ्दा विद्यार्थी राजनीतिमा आबद्ध भएका थिए ।

भुसाल नेकपा (माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (एकताको पाँचौँ) को केन्द्रीय सदस्य र दुई पटक महासचिव भएका थिए । २०४६ सालको आन्दोलनमा उनी महासचिवका रूपमा सक्रिय थिए ।

विसं २०५० मा नेकपा (एमाले)को रूपन्देही जिल्ला कमिटी उपसचिव र २०५१ सालमा सचिव भएका उनी विसं २०५३ को उपनिर्वाचनमा रूपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर २०५८ देखि २०६४ सम्म एमालेको केन्द्रीय प्रचार विभाग सदस्य, केन्द्रीय स्कुल विभाग सदस्यको जिम्मेवारीमा रहेका थिए ।

भुसालले यसअघि २०७४ को निर्वाचनमा रुपन्देहीको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई पराजित गरेका हुन् । त्यसअघि २०६४ र २०७० मा वर्तमान गृहमन्त्री बालकृष्ण खाणसँग पराजित भएका थिए ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका भुसाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी एवं बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको समेत समर्थन छ । उनले औद्योगिक तथा व्यावसायिक पूर्वाधारका क्षेत्रमा काम गर्ने बाचा गर्दै मतदातासँग मत मागिरहेका छन्।

उम्मेदवारी छनोटमा एमाले क्षेत्रीय तथा जिल्ला कमिटीले दुवैको नाम सिफारिस गरेर पठाए पनि प्रदेश कमिटीले विश्वकर्माको एकल नाम केन्द्रमा पठाएको थियो । क्षेत्र नं ३ बाट भुसालको नाम सिफारिस भए पनि राप्रपासँगको तालमेलमा एमालेले सो क्षेत्र छाड्नु परेकाले उम्मेदवारी दर्ताको अघिल्लो दिन पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

रुपन्देही क्षेत्र नं १ मा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नं १, ३, ४, ५, र ६ रहेको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Binance推荐码

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/en-IN/register?ref=UM6SMJM3

    Comment Author

    skapa ett binance-konto

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री थापाद्वारा मतदान
उपप्रधानमन्त्री थापाद्वारा मतदान
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
आइतबारको राशिफल
आइतबारको राशिफल
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा

तपाईंले छुटाउनुभयो कि?