लिभरपुलका गोलकिपर एलिसन मैदान बाहिर !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
लिभरपुलका गोलकिपर एलिसन मैदान बाहिर !

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर एलिसन बेकर केहि साता मैदान बाहिर रहने भएका छन् ।
  • इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चोट बोकेपछि एलिसनले केहि साता मैदान बाहिर बस्नु पर्ने भएको छ ।

एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर एलिसन बेकर केहि साता मैदान बाहिर रहने भएका छन् । इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चोट बोकेपछि एलिसनले केहि साता मैदान बाहिर बस्नु पर्ने भएको छ ।

ब्राजिलियन गोलकिपर एलिसन शनिबार भएको नर्विचविरुद्धको खेलमा घाइते भएका थिए । एलिसन पहिलो हाफको ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा लिभरपुलले ४–१ को जित निकालेको थियो ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले एलिसन केहि साता मैदान बाहिर रहने पुष्टि गरेका छन् । २६ वर्षीय अब एलिसनले चेल्सीविरुद्ध हुने युईएफए सुपर कपको फाइनल गुमाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?