पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
सारांश
- काठमाडौं ।
- ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका निलम्ब्ति सांसद हरिनारायण रौनियार र अध्यक्ष सुमित रौनियारलाई जनही १ करोड ७५ लाख रुपैयाँ धरौटी तिरी विशेष अदालतले तारेखमा बस्ने आदेश दिएको छ।
- बर्दियामा बन्दाबन्दै भत्कने पुल बनाएपछि भ्रष्टाचार मुद्दामा मुछिएका पप्पु कन्स्ट्रक्सनका दुईजनाले ३ करोड ५० लाख तिरेर तारेखमा बसेका हुन् ।
काठमाडौं । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका निलम्ब्ति सांसद हरिनारायण रौनियार र अध्यक्ष सुमित रौनियारलाई जनही १ करोड ७५ लाख रुपैयाँ धरौटी तिरी विशेष अदालतले तारेखमा बस्ने आदेश दिएको छ।
बर्दियामा बन्दाबन्दै भत्कने पुल बनाएपछि भ्रष्टाचार मुद्दामा मुछिएका पप्पु कन्स्ट्रक्सनका दुईजनाले ३ करोड ५० लाख तिरेर तारेखमा बसेका हुन् ।
हरिनारायण संघीय समाजवादी पार्टीबाट विजयी भएका निलम्बित सांसद हुन् भने ठेकेदार कम्पनी पप्पुका अध्यक्ष सुमित उनका छोरा हुन्।
भ्रष्टाचार मुद्दामा मुछिएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार बाबुछोरा विशेष अदालतको आदेशबमोजिम आइतबार ३ करोड ५० लाखको बैंक ग्यारेन्टी धरौटी राखेर तारेखमा बसेका हुन्।
न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आइतबार भएको थुनछेक बहसमा जनही पौने २ करोड तिर्न आदेश गरेको थियो।
अदालतले गरेको आदेशबमोजिम तत्कालै प्राइम बैंकमार्फत ३ करोड ५० लाखको ग्यारेन्टी धरौटी राखेर तारेखमा बसेको विशेषका प्रवक्ता पुष्पराज पाण्डेले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनविरुद्ध असोज १८ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
प्रतिक्रिया