खेर जाँदै शिलाजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
खेर जाँदै शिलाजित

सारांश

  • – विनोद सिंह विष्टबैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको छ ।
  • शिलाजितको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हो ।
  • ठूलाठूला चट्टानहरूमा गर्मी महिनामा चुहिने शिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन ।

– विनोद सिंह विष्टबैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको छ । शिलाजितको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हो । ठूलाठूला चट्टानहरूमा गर्मी महिनामा चुहिने शिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन ।जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भएपनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताउनुभयो । गाउँघरमा परम्परागतरूपमा ठूलाठूला चट्टानका भीरहरुबाट स्थानीयहरुले निकालेर शिलाजित बनाउने गरेको तर व्यावसायिकरूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको उहाँले बताउनुभयो । “शिलाजित हरेक बिरामीहरुका लागि उपयोगी छ”, उहाँले भन्नुभयो, “ शिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिन्छ, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीहरुका लागि यसको बढी मात्रामा प्रयोग गर्ने गरिएको छ ।”

बजारमा शिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भीरका चट्टान तथा ढुङ्गाहरु पग्लेर शिलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरले जनाएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–१० झुलाघाट नजिकैको मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सुर्नयाको रौलेश्वर भीरलगायत ठूलाठूला भीरहरुमा शिलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले बताउनुभयो । शिलाजित दुई किसिमको हुने कलौनीले बताउनुभयो । भीरबाट सङ्कलन गरेर ल्याइएका शिलाजितयुक्त ढुङ्गाहरुबाट दुई किसिमको शिलाजित निकाल्न सकिने उहाँको भनाइ छ ।

शिलाजितलाई जडीबुटीहरूको राजा मानिन्छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइन्छ । सूर्यको किरणमा शिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट शिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ । शिलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ । भीरबाटै सङ्कलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ ।बैतडी जिल्लामा शिलाजितसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताउनुभयो ।

बिरामीका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजितको निकै महत्व रहेको बताइन्छ । यौन दौर्बल्य अर्थात् नपुङ्सकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ । विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ ।आयुर्वेदअनुसार शिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दाखेरि यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजितको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुने आयुर्वेदका ज्ञाताहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन
सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन
जग्गा संरक्षण आयोगको टोली दमकमा
जग्गा संरक्षण आयोगको टोली दमकमा
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
सुरुङ निर्माण ७५ प्रतिशत
सुरुङ निर्माण ७५ प्रतिशत
मन्त्री स्थापित बर्खास्त !
मन्त्री स्थापित बर्खास्त !
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्
बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्
धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर
धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला

तपाईंले छुटाउनुभयो कि?