कसले जित्ला गोल्डनबुट? केन, लुकाकु र एम्बाप्पे दाैडमा
सारांश
- रुस विश्वकप अन्त्यतिर अाइपुग्दा गोल्डन बुटको कसले जित्छ भन्ने बहस चर्चामा छ।
- विश्वकपका सर्बाधिक गोल स्कोररले गोल्डन बुट अवार्ड पाउँछन्।
- २०१४ का गोल्डन बुट विजेता जेम्स रोड्रिगेज घर फर्किसकेका छन्।
रुस विश्वकप अन्त्यतिर अाइपुग्दा गोल्डन बुटको कसले जित्छ भन्ने बहस चर्चामा छ। विश्वकपका सर्बाधिक गोल स्कोररले गोल्डन बुट अवार्ड पाउँछन्।
२०१४ का गोल्डन बुट विजेता जेम्स रोड्रिगेज घर फर्किसकेका छन्। ६ गोलले चार वर्षअघि उनलाई गोल्डनबुट दिलाएका थियो। यस विश्वकपका गोल्डनबुट विजेताले त्यसलाई उछिन्ने पक्कापक्की भइसकेको छ।
यस विश्वकपको गोल्डन बुटको मुख्य प्रतिस्पर्धामा विश्वका उत्कृष्ट फरवार्डहरु इंग्ल्याण्डका ह्यारी केन, बेल्जियमका रामेलु लुकाकु र फ्रान्सका केलियन एम्बाप्पेबीच देखिएको छ। यी तिनै खेलाडी सम्मिलित टाेली विश्वकपकाे सेमिफाइनलमा पुगेका छन्। र सबैजना अझै बढी गोल गर्दै अगाडिका कीर्तिमान भंग गर्ने प्रतिस्पर्धामा देखिन्छन्।
अहिलेसम्म रुस विश्वकपको सर्बाधिक गोलकर्ता इंग्ल्याण्डका ह्यारी केन हुन्। १९८६ पछि इंग्ल्याण्डको पहिलो गोल्डनबुट विजेता बन्ने उनको लक्ष्य छ। त्यसबेला इंग्ल्याण्डका ग्यारी लिनेकेरले ६ गोल गर्दै गोल्डनबुट जितेका थिए। कोलम्बियासँग अन्तिम १६ मा पेनाल्टी मार्फत गोल गर्दै ह्यारीले उनीसँग बराबरी गरिसकेका छन्।
टोट्नह्यामका स्ट्राइकर केनले कोलम्बियाविरुद्ध पेनाल्टीमा इंग्ल्याण्डका लागि सुरुवाती गोल गर्दै गोलसंख्या ६ पुर्याएका छन्। त्यसअघि उनले समूह चरणमा ट्युनिसियाविरुद्ध दुई तथा पानामाविरुद्ध ह्याट्रिक गरेका थिए।
समान ४–४ गोल गरेका लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा भए पनि अन्तिम १६ मा उरुग्वेसँग पराजित भएसँगै रोनाल्डोको गोल्डन बुटको होडबाट बाहिरिसकेका छन्।
लुकाकुले आफ्ना सुरुवाती दुई खेलमा दुई गोल गरेका थिए। त्यो विश्वकपमा लगातार एक खेलाडीले दुई गोल गरेको ३२ वर्षपछि थियो। तर, त्यसको २४ घन्टा बित्न नपाउँदै केनले ट्युनिसिया लगत्तै पानामाविरुद्ध लगातार दुई गोल गरेका थिए।
यस्तै पेलेसँग तुलना गर्न थालिएका फ्रान्सका १९ वर्षिया केलियन एम्बाप्पेले सुरुवाती पाँच खेलमा ३ गोल गरिसकेका छन्। उनीपनि गोल्डनबुटको होडमा छन्।
सन् २००६ (५ गोल) र २०१०(५ गोल) को तुुलनामा केनका ६ गोलले भने गोल्डन बुट जितिसकेको छ। १९७४(७ गाेल) यता २००२(८ गोल) मा मात्रै ६ भन्दा बढी गोल गर्ने खेलाडीले गोल्डन बुट जितेका छन्। त्यसबाहेक १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८ मा ६ गोल गर्नेले गोल्डन बुट जितेका छन्।
फिफाका नियमअनुसार दुई वा बढी खेलाडीहरुको समान गोल भएमा भने उनीहरुले कति सहायक गोलमा भूमिका खेलेका छन्। गाेल्डेन बुट प्राप्ति त्यसमा निर्भर गर्नेछ। यदि सहायक गोल पनि बराबरी भएमा जुन खेलाडीले कम समय मैदानमा बिताएको छ उसले यो अवार्ड हात पार्नेछ।
यस विश्वकपमा अहिलेसम्ममा सर्बाधिक गोल स्कोररःह्यारी केन, इंग्ल्याण्ड: ६ गोल
रामेलु लुकाकु, बेल्जियम: ४ गोल
क्रिस्टियानो रोनाल्डो, पोर्चुगल: ४ गोल
डेनिस चेरिसेभ, रसिया: ४ गोल
आर्टिम ड्याजयुबा, रसिया: ३ गोल
डियगो कोस्टा, स्पेन: ३ गोल
केलियन एम्बाप्पे, फ्रान्स: ३ गोल
Ganesh Rana
केन
Kishor Thapa
जाेनसिना ले??
Man Karki
Harry can
Tamang Philips
Kane
Romey Joshi
Golden boot gore le gidcha ha ha ha
Bir Shrestha
Ken
एल बि घर्ति
Bamppey
Nima Tamang
Cen
Lokn Purja
Hary
Ansh Chamling
golden boot Harry Kane. golden boll Grizmann. 100%.
Anjan Bhatta
harry kane
Anup Chand
Harry kane…
Chhephel Lama
Kane
Rewat Thapa
ह्यारी (इङ्ग्लेन्ड )
Padma Yonjan
Kane.