धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर

सारांश

  • पोखरा, १५ असोज  ः विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर ।
  • माछापुच्छ«े हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ ।
  • तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।

पोखरा, १५ असोज  ः विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर ।

माछापुच्छ«े हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ ।

तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै पर्खाइमा छ ।

तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरका अनुसार यस मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको छ । कतै कतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पनि पाइएको छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बूढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ ।

श्रुतिअनुसार भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्को मात्रै रह्यो । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । “पोखरालाई पर्यटकीय रुपमा चिनाउन फेवाताल यहाँको महत्वपूर्ण सम्पत्ति हो,” पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराका अध्यक्ष सोम थापाले भन्नुभयो, “पोखराको गहना फेवाताल हो भने फेवातालको गहना तालबाराही मन्दिर हो ।”

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउँछन् । त्यसकारण तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । यहाँ धार्मिक आस्था बोकेका र नबोकेका दुवै थरी पर्यटक घुम्न आउने गरेको उहाँ बताउनुहुन्छ । धर्म र पर्यटनको दुवै रुपमा गन्तव्यस्थल बनेको यस मन्दिरमा वर्षैभरि दर्शनार्थी पुग्ने गरेका कारण मेला लागेजस्तो हुने गरे पनि यहाँ कोजाग्रत पूर्णिमाका दिन विशेष मेला लाग्छ । यस दिन बाराही दर्शन गरी जमरा सेलाउन टाढाटाढाबाट भक्तजन आउने गर्दछन् ।

नवरात्र अवधिभर यहाँ आउने भक्तजनका कारण नै मन्दिर परिसर दिनभर नै खचाखच भरिएको हुन्छ । तालमा देखिने माछापुच्छ«े हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूप जस्ता दृश्यले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यको मज्जा लिन पाइने मात्र हैन तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू मन्दिरमा पुग्ने गरेको स्थानीयवासी गणेश तिमल्सिनाले बताउनुभयो ।

दैनिक चारदेखि छ हजारसम्म पर्यटक यहाँ दर्शनका लागि आउँछन् । यहाँ आएर विवाह बन्धनमा बाँधिए दाम्पत्य जीवन सुखी हुने जनविश्वास यस मन्दिरको अर्को विशेषता हो । जम्मा तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको थप संरक्षणमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदैआएको छ । मन्दिर परिसरको भूबनोटको परीक्षणका लागि समितिले २५ मिटर गहिराइसम्मको माटो परीक्षण गरेको र परीक्षणबाट भूबनोट बलियो रहेको पाइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी समितिले यहाँ बस्ने बेन्चको व्यवस्था गरेको छ र अघिल्तिर आकर्षणका लागि पानीको फोहोरा निर्माण गर्न लागिएको छ ।

समितिले मन्दिरको संरक्षणका लागि पुरातत्व विभागसँग पनि समन्वय गरिरहेको छ । “पोखराको गहना फेवाताल र यसको गहना तालबाराही हो, फेवातालको संरक्षणसँगसँगै तालबाराही मन्दिरको पनि संरक्षण गरिनुपर्छ,” स्थानीय युवा एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च, पोखराका पूर्वअध्यक्ष तारानाथ पहारीले भन्नुभयो । “पोखराको समग्र पर्यटकीय विकासमा तालबाराही मन्दिरको महत्वपूर्ण योगदान छ,” उहाँले भन्नुभयो, “मन्दिरका कारण बढेको पर्यटकीय आकर्षणलाई जोगाउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण निकाय लाग्नु आवश्यक छ ।”

– वासुदेव पौडेल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी
सदस्य भागबण्डा लगाउँदै देउवा पौडेल र सिटौला
सदस्य भागबण्डा लगाउँदै देउवा पौडेल र सिटौला
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
The finest explanation of Buy A Wife at jetbride. com I have heard
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पौडेल
हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पौडेल
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
मेस्सीले जिते छैटौं पटक गोल्डेन शु’
मेस्सीले जिते छैटौं पटक गोल्डेन शु’
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !
कर्मचारीको तलब बढ्छ:  रिमाल
कर्मचारीको तलब बढ्छ: रिमाल

तपाईंले छुटाउनुभयो कि?