अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अस्ताए ‘कभि कभि मेरे दिलमे खयाल आता है’का संगीतकार खयाम

सारांश

  • आफ्नो जमानामा चर्चित भारतीय संगीतकार खयामको सोमबार निधन भएको छ ।
  • ९२ वर्षको राती ९ बजेर ३० मिनेटा जाँदा उमेरमा उनको मुम्बईको सुजय अस्पतालमा उनको निधन भएको हो ।
  • उनको निधनको खबरले बलिउड स्तव्ध बनेको छ ।

आफ्नो जमानामा चर्चित भारतीय संगीतकार खयामको सोमबार निधन भएको छ । ९२ वर्षको राती ९ बजेर ३० मिनेटा जाँदा उमेरमा उनको मुम्बईको सुजय अस्पतालमा उनको निधन भएको हो । उनको निधनको खबरले बलिउड स्तव्ध बनेको छ । चिरपरिचित भारतीय कलाकारहरुले उनको निधन प्रति शोक प्रकट गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै संगीतकार खयामको निधनमा शोक व्यक्त गरेका छन् । सोमबार साँझ देखि नै उनको स्वास्थ्य गम्भिर बन्दै गएको थियो । खयाम १० दिनदेखि अस्पताल भर्ना भएका थिए ।

खयामको पुरा नाम मोहम्मद जहुर खयाम हाशमी हो । तर उनी बलिउडमा खयामको नामले प्रशिद्ध बने । उनको फिल्मी संगीतको यात्रा सन् १९४७ बाट सुरु भएको थियो । उनले फिल्म हिरारांझामा पहिलोपटक संगीत दिएका थिए । उमराव जान र कभी–कभी फिल्मबाट उनले फिल्म फेयर अवार्ड पनि जितेका थिए ।

खयामले संगीत सिर्जना गरेको कभी–कभी फिल्मको गीत ‘कभी–कभी मेरे दिलमे खयाल आता है’ भारतीय फिल्म उद्योगकै सर्वाधिक लोकप्रिय गीतमध्ये एक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?