छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह

सारांश

  • बेझाड।
  • सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका छन्।
  • छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगे।

बेझाड। सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका छन्।

छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगे।

परिवारको मीठो सपना बोकेर विदेश जानुभएका नेपाली दुई वर्षदेखि त्यहाँको जेल जीवन बिताइरहेका छन्। घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै जेल जीवन बिताउन बाध्य भए। उनी विदेश गएपछि परिवारमा एक किसिमको खुशियाली छायो। एक वर्ष्भित्रै उनले विदेश जाँदा लागेको ऋण चुक्ता गरिसकेका थिए। ऋण सकिएपछि घरखर्च, परिवारको खुशीका निम्ति कमाएर केही वर्षमा नै स्वदेश फर्कने योजना बनाउँदै आएका नेपाली जेल जीवन बिताउन बाध्य भए।

श्रीमान् विदेशको जेलमा छन्, परिवारमा आयस्रोत नहुँदा दैनिक गुजारा चलाउन जमुनालाई निकै समस्या छ। मजद्रूी गरेर दैनिक रु ५०० बुझेको ज्यालाबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलाउनुपर्ने बाध्यता छ। “छोराछोरी सानै छन्, कमाउन जानुभएका श्रीमान् जेलमा पर्नुभयो, मजदूरी नगरेसम्म साँझ बिहान चुल्होमा आगो बल्दैन”, उनले भनिन्। श्रीमान्लाई जेलबाट निकाल्न कहीँकतैबाट पहल नहुँदा कति समयसम्म जेल जीवन बिताउनुपर्ने हो पत्तो नभएको उनको गुनासो छ।

“श्रीमान्ले कसरी के कारणले भनेर सोध्दा केही बताउनु हुँदैन, जेलमा बसेको एक वर्षपछि मात्र परिवारमा खबर भयो, न रातमा निद्रा न दिनमा भोक लागेको जस्तै भएको छ”, उनले दुःखेसो पोखिन्। परिवारमा शिक्षित व्यक्ति नहुनु, आयस्रोत अत्यन्तै न्यून रहँदा उहाँको परिवारमा चिन्ता छाएको छ। छोरो जेलमा छ भनेको सुनेपछि ६० वर्षीया आमा पवित्रा नेपालीको आँखामा आँशु रोकिएको छैन। घरमा पुग्ने जो कोही, छिमेकी, आफन्त देख्नेबित्तिकै छोरालाई नेपाल झिकाउने व्यवस्था गर्न आग्रह गर्छिन्।

“उमेर ढल्कँदै गएको छ, छोराको पिरैपिरले बिरामी पर्न थालेको छु, धन कमाउन छोरो विदेश गयोभन्दा मनमा खुशी छाएको थियो, अहिले धन कमाउन त परै जाओस् अर्काको देशमा जेलमा छ भनेको सुन्दा मनमा पिरको भारीले थिचिरहेको छ”, उनले बिलौना गर्दै भनिन्। छोराछोरी घरको आँगनमा कोही नयाँ व्यक्ति पुग्नै हुदैन, बाबा आउनुभयो भन्दै बाहिर निस्कन्छन्।

मनबहादुर नेपाली त एक उदाहरणीय पात्र मात्र हो। उहाँ जस्तै धेरै नेपालीले यो समस्या भोगिरहेका छन्। बेरोजगारी समस्याले धन कमाउन खाडी मुलुकमा ऋण खोजेर जाने युवाले सोही रकम गाउँमै लगानी गरेर कमाउन सकिन्छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?