संघीयतामाथि पुनर्विचार गर्न सकिँदैनः केपी ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
४१ पटक हेरिएको
Shares
संघीयतामाथि पुनर्विचार गर्न सकिँदैनः केपी ओली

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ।
  • तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले बिशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको भन्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको जनाएको हो।

काठमाडौं। नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ।

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले बिशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको भन्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको जनाएको हो।

राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि एमालेले पहलकदमी लिने निर्णय समेत बैठकले गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिए।

बैठकले बिभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ, जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने, भ्रष्टाचारका सवै काण्डहरुको निष्पक्षतापूर्वक छानविन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरुलाई रोक्नुपर्ने लगाएतका रहेका गुरुङले बताए।

बैठकले कतिपय तत्व संघीयता नै लोकतान्त्रीक प्रणालीमाथि नै प्रहार भएको प्रति ध्यानाकर्षण भएको भन्दै संविधानविरोधी हर्क बन्द गर्न सजक गराएको गुरुङले जानकारी दिए। एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको बार्षिक कार्यायोजना पनि पारित गरेको छ।

बैठकले भौतिक रुपमा नै उपस्थीति भएर असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ। बैठकले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको गुरुङले बताए।

सूचना पाएर पनि तीनपटक कुनै पनि बैठकमा उपस्थीत नहुने सदस्यलाई कमिटीबाट विदा गर्ने निर्णय भएको उनले जानकारी दिए।

बैठकका समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयता नमान्ने हल्लाको प्रतिवाद गर्दै संघीयतामाथि पुनर्विचार नगर्ने स्पष्ट पारेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकले पार्टीलाई शसक्त बनाउनका लागि युवा परिचालनलाई जोड दिने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने प्रस्ताव किन ल्याए देउवाले ?
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
प्रमुख विपक्षी एमालेद्वारा दुवै निर्वाचन एउटै बनाउन प्रस्ताव
प्रमुख विपक्षी एमालेद्वारा दुवै निर्वाचन एउटै बनाउन प्रस्ताव
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
भारतीय विदेश सचिव नेपालमा
भारतीय विदेश सचिव नेपालमा