भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !

सारांश

  • बैतडी, २९ साउन ।
  • भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ ।
  • सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

बैतडी, २९ साउन । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । “परियोजनाको दुईवटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ,” उनले भने “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ ।” उनले भने ।

यसअघि आइतबार नै भारतीय पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्व जानकारी नेपाली प्रशासनलाई गराएको थियो । बाँधको पानी खोलिदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताईएको छ । दार्चुलाको दत्तुमा बिहान १० बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४.६ मिटर क्युसेक रहेकामा दिउँँसो १ बजे सतह घटेर ३.६ मिटर क्युसेक पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बाँधको पानी खोलिदा महाकाली नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले आग्रह गरेका छन् । पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए । कूल २८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको बाँध यस वर्षमात्रै चारपटक खोलिएको छ । यसअघि धौलीगङ्गा जलविद्युत् परियोजनाको छिरकिल्लास्थित बाँधमा पानीको मात्रा अत्यधिक भएकाले साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा क्षति पु¥याउँदा अर्बौंको क्षति पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
मस्कोका सडकमा नक्कली हिउँ
मस्कोका सडकमा नक्कली हिउँ
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
क्षमा याचना गर्ने अधिकार आफूमा निहित रहेको ट्रम्पको दावी
विद्युतीय सवारीकाे आयात ६६ प्रतिशतले बढ्यो
विद्युतीय सवारीकाे आयात ६६ प्रतिशतले बढ्यो
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
Nepal-India Joint Commission meeting today
Nepal-India Joint Commission meeting today
For what reason Do Persons Think That Internet dating Is Worth That? Here Is A number of the Benefits Of Internet dating!