मुस्ताङमा किन बढ्यो आन्तरिक पर्यटकको चहलहल ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०७६
|
|
३९ पटक हेरिएको
Shares
मुस्ताङमा किन बढ्यो आन्तरिक पर्यटकको चहलहल ?

सारांश

  • हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ ।
  • असोज महीनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् ।
  • पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महीनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् ।

पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । उनका अनुसार मुस्ताङमा २८० वटा होटल तथा लज सञ्चालनमा छन् । “बडा दशैँको घटस्थापना लगत्तै देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने क्रम बढिरहेको छ,” तुलाचन भन्छन्, “पछिल्ला समयमा सडक, यातायातको सुविधा, छुट्टी र अनुकूल मौसमका कारण मुस्ताङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।”

केही दिनयता पाहुनाको चापले आफूहरुको दैनिकी व्यस्त बन्दै गएको पुथाङस्थित शाभना होटलका सञ्चालक सुमन थकालीले जानकारी दिए । पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याल मुस्ताङले जनाएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक बद्रीनाथ शर्माका अनुसार मुस्ताङमा गाडी र मोटरसाइकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महीना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।

पछिल्लो समय चर्चामा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ नेपाली चलचित्रको छायाङ्कन भएको तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाका लेते, नाउरीकोट, कुन्जोमा आन्तरिक पर्यटकको चाप बढेको सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताए । थासाङ गाउँपालिकाको सेकोङ ताल, भुछर ताल, टिटी ताल, गुरुसाङ्बो गुफा, घाँसा चरा अवलोकन आदिमा पर्यटक रमाउने गरेका छन् । माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृतिको अनुपम स्थल लेते, मुक्तिनाथ, ठिनी, ढुम्बा ताल, कागबेनी, दामोदर कुण्ड एवम् फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको पोखराका पर्यटन व्यवसायी तारानाथ पहारीले जानकारी दिए ।

पछिल्ला समयमा यहाँको होटेलका साथै ठाउँठाउँमा सञ्चालित घरवास पनि पर्यटकको रोजाइमा परेका छन् । अघिल्लो वर्ष मात्रै एक हजार आन्तरिक पर्यटकले ठिनी होमस्टेमा बास बसेको हामेस्टेका सञ्चालिका जुमा थकालीले जानकारी दिइन् । यस वर्ष अघिल्लो वर्षभन्दा दोब्बर सङ्ख्यामा पर्यटक आउने अपेक्षा गरिएको उनले भनिन् ।

नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि मुस्ताङ अधिकांशको रोजाईमा पर्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्यको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग:राष्ट्रियसभा बैठक
सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग:राष्ट्रियसभा बैठक
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
एक करोड ४९ लाखा रुपैयाँ हिनामिनामा वडासचिव  पक्राउ !
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति भण्डारी चीन प्रस्थान
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु

तपाईंले छुटाउनुभयो कि?