एक करोड ४९ लाखा रुपैयाँ हिनामिनामा वडासचिव  पक्राउ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • हुम्ला, ६ जेठ ।
  •  सामाजिक सुरक्षा भत्ता बापतको एक करोड ४९ लाखा रुपैयाँ हिनामिना गरेको अाराेपमा वडासचिव  पक्राउ परेका छन ।
  • जिल्ला प्रहरी कार्यालयको टोलीले  ताँजकोट गाउँपालिकाका वडासचिव गोपालचन्द्र लामालाई  पक्राउ गरेको हाे।

हुम्ला, ६ जेठ । सामाजिक सुरक्षा भत्ता बापतको एक करोड ४९ लाखा रुपैयाँ हिनामिना गरेको अाराेपमा वडासचिव  पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालयको टोलीले  ताँजकोट गाउँपालिकाका वडासचिव गोपालचन्द्र लामालाई  पक्राउ गरेको हाे।

लामाले साविकको मैला र मदना गाविसमा कार्यरत रहँदा सामाजिक सुरक्षा भत्ता बापतको एक करोड ४९ लाखा रुपैयाँ हिनामिना गरेको ताँजकोट गाउँपालिका अध्यक्ष वागदल छत्यालले बताएका छन।

यता लामालार्इ वडा कार्यालयमा हाजिर हुन गरेको पटक पटकको ताकेता अटेर गरेकाले उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त्ता दीर्घराज मैनालीले जानकारी दिएका छन ।

हुम्लाकोे ताँजकोट गाउँपालिकाअन्तर्गत साविकको मैला र मदना गाविसमा सचिवरहँदा लामाले विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपसहित उजुरी परेको थियो।

उजुरीको आधारमा छानबिनका लागि बारम्बार बोलाउँदा समेत सम्पर्कमा नआएपछि प्रहरी लगाई छानबिनको लागि समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

गाविस सचिव लामाले गाउँमा जाने सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकमको नक्कली कागजात समेत पेश गरेको र गाउँमा सामाजिक सुरक्षा भत्तासमेत वितरण नगरेको अनुसन्धानका क्रममा पाइएको आयोगले  जानकारी दिएको छ।

पक्राउ परेका लामालाई छानविनका काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत १८ गते बुधवारको राशिफल यस्तो छ
चैत १८ गते बुधवारको राशिफल यस्तो छ
मन्त्री महासेठको बढाएको भाडादर सिडिओले घटाए
मन्त्री महासेठको बढाएको भाडादर सिडिओले घटाए
सुरक्षाको लागि जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा
सुरक्षाको लागि जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा
मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित
मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित
सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार
सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार
पूर्वमन्त्री खड्कालाई उपचारका लागि दिल्ली लगिँदै
पूर्वमन्त्री खड्कालाई उपचारका लागि दिल्ली लगिँदै
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा  १ अर्ब १२ करोडभन्दा धेरै ?
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा १ अर्ब १२ करोडभन्दा धेरै ?
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ

तपाईंले छुटाउनुभयो कि?