मापदण्ड विपरीतका संरचना नहटाइए डोजर लगाइने
सारांश
- पोखरा, ७ जेठ- पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म सडकखण्डमा पर्ने मापदण्ड मिचेर बनाइएका संरचना हटाउने भएको छ ।
- महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले बाटो मिचेर बनाइएका अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।
- मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना ७ दिनभित्र हटाउन सूचना जारी गर्ने भएको छ ।
पोखरा, ७ जेठ- पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म सडकखण्डमा पर्ने मापदण्ड मिचेर बनाइएका संरचना हटाउने भएको छ ।
महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले बाटो मिचेर बनाइएका अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।
मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना ७ दिनभित्र हटाउन सूचना जारी गर्ने भएको छ । सूचना जारी गरेको समयभित्र पनि नहटाएमा डोजर लगाएर हटाइने भएको छ ।
सडकको आसपासमा बनेका स्थायी संरचना, वर्कसप, जथाभावी निर्माण सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन लागिएको महानगरपालिकाले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया