एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ १६ ।
  • एमाले स्थायी समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।
  • बैठकले सम्भवतः मंगलबार नै पार्टीको भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाउनेछ ।

काठमाडौं, माघ १६ । एमाले स्थायी समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकले सम्भवतः मंगलबार नै पार्टीको भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाउनेछ ।

मुख्यमन्त्रीका लागि धेरै आकांक्षी भएपछि त्यसको निक्र्यौल गर्न बैठक नै डाक्नु परेको हो । स्रोतका अनुसार सकेसम्म सर्वसम्मतरुपमा नभए प्रदेश कमिटिले चुनाव गराएर मुख्यमन्त्री छान्ने पार्टीको तयारी छ ।

प्रदेश एकमा भीम आचार्य र शेरधन राई मुख्यमन्त्रीका लागि दौडधुप गरिरहेका छन् । त्यस्तै प्रदेश तीनमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने पूर्व मौखिक सहमति भए पनि पछिल्लो समय राजेन्द्र पाण्डे पनि दौडमा छन् ।

प्रदेश चारमा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबिच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा छ । यस्तै पाँच प्रदेशमा भने शंकर पोखरेल मुख्यमन्त्री बन्ने प्रायः निश्चित छ ।

पोखरेल यसअघि नै प्रदेशको एमाले संसदीय दलको नेता चयन भइसकेका छन् ।

वाम गठबन्धनको साझेदारीअनुसार १, ३, ४, ५ प्रदेशका मुख्यमन्त्री एमालेको भागमा परेको छ । बाँकी ६ र ७ माओवादीको भागमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?