नयाँ ट्याक्सीको दर्ता खुल्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नयाँ ट्याक्सीको दर्ता खुल्दै

सारांश

  • सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ ।
  • एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ ।
  • यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उहाँले बताउनुभयो । विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ । ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले केही समयका लागि र सीमित सङ्ख्यामा खुलाइने भए पनि त्यसपछि फेरि बन्द हुन्छ ।”

सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै विसं २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो । अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८०० अश्वक्षमता बराबरका छन् । सिट पनि साँघुरो र कम क्षमताको हुँदा यात्रुलाई असहज रहेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै
प्रचण्डलाई काठमाडौँ किन जंगल जस्तो लाग्न थाल्यो?
प्रचण्डलाई काठमाडौँ किन जंगल जस्तो लाग्न थाल्यो?
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सामाजिक सञ्जालको दुरुपयोग : सयौं युवायुवतीको भविष्य धरापमा
कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
आजदेखि मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह
दक्षिण भारतिय सुपरस्टार महेश बाबु मुख्य मन्त्री बन्दै !

तपाईंले छुटाउनुभयो कि?