आइटीमा अर्को आयाम घरभेटी डटकम
सारांश
- काठमाडौं, पुस १८ ।
- मानिसको जीवन शैलीलाई सहज र व्यवस्थित बनाउन विभिन्न विज्ञान र प्रविधिको आविष्कार र अन्वेषण भएको छ ।
- व्यस्त र आधुनिक युगमा विभिन्न किसिमका आइटी प्रविधिहरुको विकास हुँदै गएको छ ।
काठमाडौं, पुस १८ । मानिसको जीवन शैलीलाई सहज र व्यवस्थित बनाउन विभिन्न विज्ञान र प्रविधिको आविष्कार र अन्वेषण भएको छ । व्यस्त र आधुनिक युगमा विभिन्न किसिमका आइटी प्रविधिहरुको विकास हुँदै गएको छ ।
यस्तै क्रममा आइटीको क्षेत्रमा एउटा उल्लेख्य प्रविधिको रुपमा घरभेटी डटकमको अवधारणा विकास गरिएको छ । नेपालमा पहिलो पटक समयको वचत गर्ने, मानिसहरुलाई सहज तरिकाबाट कोठा वा फ्ल्याट उपलब्ध गराउने उद्देश्यले केही समय अगाडीदेखि घरभेटी डटकम अनलाइन सञ्चालनमा आएको छ ।
अत्याधिक जनसंख्याको चाप, असुरक्षित वातावरण जस्ता कारणले समयमा कोठा नपाउने, आफ्नो अनुकुलअनुसार कोठा नपाउने आदि समस्याको समाधान गर्नका लागि घरभेटी डटकम अनलाइन सञ्चालनमा आएको हो ।
घरभेटी डटकमको मोवाइल एप पनि रहेको छ । जसले गर्दा वेबसाइट वा मोबाइलबाट कोठा भाडामा लिन र दिन सकिने भएको छ । यसले युटिलिटी टुलमा रोजेको जस्तो कोठाको सुचना प्रदान गर्ने नोटिफाई प्रविधि भनेर विकास गरेको छ ।
यसको मद्दतले खोजेको जस्तो कोठा भाडामा पाउन सकिन्छ साथै प्रि बुकिङ्ग फिचरको सहयोगले घरभेटीले कोठा खाली हुनु अगावै उक्त कोठा भाडाको लागि रहेको सम्पूर्ण विवरण उपलब्ध गराउन सक्नेछन् ।
यस एपको प्रयोग प्रभावकारी रुपमा गर्न सकेमा लामो समयसम्म कोठा खोज्ने झझन्ट र घरभेटीले कोठा खाली राख्नुपर्ने अवस्थाको पूर्ण रुपमा अन्त्य हुन सक्ने अवस्था देखिन्छ । मानिसहरुको आवश्यकता र समस्याको समाधान गर्न नेपालमा विभिन्न आइटी सम्बन्धी प्रविधिहरुको सुरुवात र सञ्चालन बढ्दै आएको छ ।
नेपालमै पहिलो पटक सुरुवात भएको यस प्रविधि प्रभावकारी बन्ने देखिन्छ । गल्लीगल्लीमा कोठा खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य र समयको वचत हुनेछ । यसलाई आइटीको क्षेत्रमा एउटा महत्वपुर्ण आयामको रुपमा लिइएको छ । घरभेटी डटकमका संचालक यसले नेपालमा सम्भवत एउटा नयाँ, आधुनिक र व्यवस्थित कार्यको थालनी भएको समेत दावी गर्दछन् ।
प्रतिक्रिया