नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा

सारांश

  • तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
  • बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा तल्लो तहका कमिटिको एकतासँगै स्थायी समिति बैठकको एजेन्डाका विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
  • यस्तै, केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिट ब्यूरो गठनका विषयमा पनि छलफल हुने खनालले बताउनुभयो ।

तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा तल्लो तहका कमिटिको एकतासँगै स्थायी समिति बैठकको एजेन्डाका विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

यस्तै, केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिट ब्यूरो गठनका विषयमा पनि छलफल हुने खनालले बताउनुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झन्डै साढे चार सयको केन्द्रीय समिति बनेपनि कार्यविभाजन गरिएको छैन ।

जिम्मेवारी नपाएको भन्दै केन्द्रीय सदस्यले पटक पटक नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् । सोही विषयमा छलफल गर्न नेकपाले हिजो बोलाएको सचिवालय बैठक भने नेताहरुको कार्य व्यस्ततालाई कारण देखाउँदै स्थगित भएको थियो ।

(https://rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?