नेपालसँग भुटान पराजित
सारांश
- नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ।
- त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण हात पारेको हो।
- नेपालसँगको पराजयसँगै भुटान रजत पदकमा सिमित भएको छ।
नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण हात पारेको हो। नेपालसँगको पराजयसँगै भुटान रजत पदकमा सिमित भएको छ।
खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर भुटानका लागि ३७ औँ मिनेटमा चेन्चो ग्ल्याजेनले गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ५३ औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्।
सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो। त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षकको भूमिकामा छन्।
पछिल्लो पटक सन् २०१६ को सागमा नेपालले भारतलाई पराजित गरेर स्वर्ण जितेको थियो। यो सागमा भने भारत सहभागी भएन। अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ। भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा आएको हो।
प्रतिक्रिया