संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०८१
|
|
३० पटक हेरिएको
Shares
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने

सारांश

  • काठमाडौं।
  • संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।
  • आगामी सोमबार विहान साढे ११ बजे बस्नेगरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो।

काठमाडौं। संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। आगामी सोमबार विहान साढे ११ बजे बस्नेगरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो।

बैठकले निर्वाचन आयोगको आयुक्तमा प्रतावित कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने बताइएको छ।

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको सुनुवाइ सकिएको छ । आयुक्तमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने हुन सकेको छैन ।

यसअघि नेपाल कानुन समाजमा कार्यरत रहेका प्रधानमाथि यौन शोषणको आरोप छ। यौन शोषणविरुद्धको मुद्दा मेलमिलापमार्फत टुङ्ग्याइएकाले उनी आयुक्तका लागि अयोग्य रहेको भन्दै सांसदहरुले उनको नैतिक चरित्रमाथि प्रश्न उठाइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?