बेगनास युवा क्लवको सरसफाई अभियान १३ औं श्रृंखलामा
सारांश
- पोखरा लेखनाथ, ६ जेठ ।
- पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ को बेगनास युवाक्लवले आयोजना गर्दै आएको सरसफाई अभियान अन्त्रगत शनिवार बेगनास ताल बजार, बसपार्क, नहरचोक र ड्यामसाइड क्षेत्रमा सरसफाई गरिएको छ ।
- सरसफाईका क्रममा सो क्षेत्रबाट झण्डै दुई टन फोहर संकलन गरिएको बेगनास युवा क्लवका अध्यक्ष रामवहादुर रानाभाटले जानकारी दिए ।
पोखरा लेखनाथ, ६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ को बेगनास युवाक्लवले आयोजना गर्दै आएको सरसफाई अभियान अन्त्रगत शनिवार बेगनास ताल बजार, बसपार्क, नहरचोक र ड्यामसाइड क्षेत्रमा सरसफाई गरिएको छ ।
सरसफाईका क्रममा सो क्षेत्रबाट झण्डै दुई टन फोहर संकलन गरिएको बेगनास युवा क्लवका अध्यक्ष रामवहादुर रानाभाटले जानकारी दिए ।
अभियान अन्र्तगत १३ औं श्रृंखलाको पोखरा लेखनाथ महानगर वडा नं ३१ का वडाध्यक्ष कमल वहादुर थापाले शुभारम्भ गर्दै, क्लवले सफाइ अभियान संचालन गरेर महागनरको काममा क्लवले सहयोग गरेको बताए ।
क्लवको सरसफाई अभियानमा शनिवार ग्लोवल आइएमई बैंक पोखरा र लेखनाथका कर्मचारी, क्लवका सदस्य, स्थानीय महिला समूह, वजार व्यवस्थापन समिति, मन्दिर व्यवस्थापन समिति, होटल तथा रेष्टुरेष्ट एशोसियशनका सदस्यहरुको सहभागिता रहेको थियो ।
सरसफाई अभियानबाट संकलित फोहरलाई पोखरा लेखनाथ महानगरको सहयोगमा व्यवस्थापन गरिने समेत अध्यक्ष रानाभाटले जानकारी दिए । क्लवले केही महिना देखी साप्ताहिक रुपमा बेगनासताल सरसफाई अभियान संचालन गर्दै आएको छ ।
सरसफाई अभियानमा सामाजिक उत्तरदायित्व अन्र्तगत ग्लोवल आइएमई बैंकले साथ दिएको सो बैंकका बेगनासताल शाखाका प्रमुख सुरेश ओलीले बताए ।
प्रतिक्रिया