एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०८०
|
|
४० पटक हेरिएको
Shares
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर

सारांश

  • काठमाडौं ।
  • संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ ।
  • हिजोदेखि नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो, जहाँ प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति तथा नेता कार्यकर्ता र शुभेच्छुले श्रद्धाञ्जली दिएका थिए ।

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ । हिजोदेखि नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो, जहाँ प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति तथा नेता कार्यकर्ता र शुभेच्छुले श्रद्धाञ्जली दिएका थिए ।

अब उनको शव श्रद्धाञ्जलीका लागि निवासमा राखिने र भोलि अन्तिम संस्कार गरिने छ । नेम्वाङका दुई छोरा विदेशबाट फर्किन समय लाग्ने भएका कारण भोलिमात्रै अन्तिम संस्कार गर्न लागिएको हो ।

हाल जेठा छोरा मिङ्सो नेम्वाङ युकेबाट र कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट काठमाडौं आइसकेका छन् । उनीहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।

सरकारले भोलि राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
रास्वपाको चियापानमा प्रधानमन्त्रीले बजाए घण्टी
रास्वपाको चियापानमा प्रधानमन्त्रीले बजाए घण्टी
अजरवैजान पुर्‍याई ठगी गर्ने साउँद पक्राउ
अजरवैजान पुर्‍याई ठगी गर्ने साउँद पक्राउ
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

तपाईंले छुटाउनुभयो कि?