राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
५८ पटक हेरिएको
Shares
राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता

सारांश

  • अमेरिकामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट तेक्वान्दोको नेपाल शाखाको आयोजनामा दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघ २ गतेदेखि शुरु हुने भएको छ ।
  • आगामी माघ ४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सात प्रदेशबाट एक हजार २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव फुयाँलले जानकारी दिनुभयो ।
  • प्रतियोगितामा पुरुष ग्योरोगीतर्फ ३८ र महिलामा पनि समान ३८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट तेक्वान्दोको नेपाल शाखाको आयोजनामा दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघ २ गतेदेखि शुरु हुने भएको छ । आगामी माघ ४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सात प्रदेशबाट एक हजार २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव फुयाँलले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष ग्योरोगीतर्फ ३८ र महिलामा पनि समान ३८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुम्से विधामा पुरुषतर्फ १२ र महिलातर्फ पनि समान १२ तौल समूहमा खेल हुनेछ । त्यस्तै प्रतियोगितामा ११० स्वर्ण, ११० रजत र २२० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको टिम च्याम्पियन टोलीले रु एक लाख तथा उपविजेताले रु ५० हजार पाउनेछन् भने तेस्रो हुनेले रु २५ हजार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट महिला र पुरुष घोषित हुने खेलाडीले जनही रु १० हजार पाउनेछन् । प्रतियोगिताको दौरान सहभागी सातवटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई रु एक लाख ५० हजार बराबरको खेल सामग्री वितरण गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको खेल सातदोबाटोेस्थित नेपाल तेक्वान्दो एकेडमीको हलमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार पटकसम्म परीक्षा दिए पनि दुई एसपी फेलको फेल
चार पटकसम्म परीक्षा दिए पनि दुई एसपी फेलको फेल
३८ क्विन्टल सुन तस्करीमा त्यही एउटा समुह, यिनीहरुलाई भयो मुद्दा दर्ता नाम सहित…
३८ क्विन्टल सुन तस्करीमा त्यही एउटा समुह, यिनीहरुलाई भयो मुद्दा दर्ता नाम सहित…
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
काठमाडौं एकैदिन १८७८ कोरोना संक्रमित थप
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
काङ्ग्रेस विधिविधानमा चल्न सकेन – जोशी
काङ्ग्रेस विधिविधानमा चल्न सकेन – जोशी
रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी
रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन