पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक

सारांश

  • अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाले अर्जेन्टिनाको टोलीलाई निःशुल्क प्रशिक्षण दिने प्रस्ताव गरेका छन् ।
  • रुस विश्वकपबाट यो टोली बाहिरिएसँगै म्याराडोनाले यस्तो प्रस्ताव गरेका हुन् ।
  • अर्जेन्टिनाको टोली विश्वकपको उपाधि हासिल गर्ने उद्देश्यका साथमा रसिया पुगेको थियो तर लियोनेल मेस्सीजस्ता खेलाडी भएको टोलीले आशा गरिएअनुसारको प्रदर्शन गर्न भने सकेन ।

अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाले अर्जेन्टिनाको टोलीलाई निःशुल्क प्रशिक्षण दिने प्रस्ताव गरेका छन् । रुस विश्वकपबाट यो टोली बाहिरिएसँगै म्याराडोनाले यस्तो प्रस्ताव गरेका हुन् ।

अर्जेन्टिनाको टोली विश्वकपको उपाधि हासिल गर्ने उद्देश्यका साथमा रसिया पुगेको थियो तर लियोनेल मेस्सीजस्ता खेलाडी भएको टोलीले आशा गरिएअनुसारको प्रदर्शन गर्न भने सकेन । यो विश्वकपमा लियोनेल मेस्सीमाथि निकै अपेक्षा गरिएको भए पनि उनले आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउन भने सकेनन् ।

निकै ठुलो संघर्षका साथमा अर्जेन्टिना अन्तिम १६ मा पुगेको भए पनि फ्रान्ससँगको ४–३ गोलअन्तरको हारपछि भने प्रशिक्षक जर्ज साम्पाओलीको ठुलो आलोचना भएको थियो ।

यसअघि मेस्सीको साथमा नयाँ युगको सुरुवात हुने बताइएको भए पनि अब भने अर्जेन्टिनाको फुटबलको विषयमा गम्भीर प्रश्नचिन्ह खडा भएको छ । सन् १९८६ को विश्वकप जिताएका म्याराडोना अहिले विना कुनै तलब अर्जेन्टिनाको लागि प्रशिक्षकको भूमिका निर्वाह गर्न तयार रहेका हुन् ।

म्याराडोनाले सन् २०१०को विश्वकपमा अर्जेन्टिनाको टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । क्वार्टरफाइनलमा उनको टोली जर्मनीसँग ४–० को हारको सामना गर्दै बाहिरिएको थियो ।

यसअघि उनको विषयमा विभिन्न किसिमका कुराहरु आए पनि उनी अर्जेन्टिनाको पक्षमा उभिँदै आएका छन् । उनले मानिसहरुले आफूलाई निकै खुसी रहेको सोच्ने गरेका भए पनि आफ्नो मन गह्रौँ भएको बताए ।

आगामी वर्ष ब्राजिलमा कोपा अमेरिका कप आयोजना हुँदैछ । सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो स्थान बलियो राख्नका लागि आगामी वर्ष हुने प्रतियोगिताको उपाधि जित्नु अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण हुनेछ । (एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?