प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु

सारांश

  • इनरुवा।
  • प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ।
  • इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो।

इनरुवा। प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ। इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो। पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन्।

अभियानका लागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवी सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ। इनरुवा बसचोकमा शुरु गरिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल रु एक लाखबाट थालिएको  आयोजक समितिका संयोजक यादवले बताए।

गरीब, असहाय, विपन्न र बेघर भई सडकमा भौँतारिएर दिन बिताइरहेका समुदायलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको हो। प्रारम्भिक तवरमा तीन दिनका लागि भनि अघि सारिएको अभियानमा सहयोगी दाताको सङ्ख्या थपिन थालेकाले आफूहरुलाई हौसला प्रदान भएको अभियानका संयोजक यादवको भनाइ छ।

निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल, भात, अचार, पापड खान पाउनुका साथै निःशुल्क पानीसमेत पिउन पाउने आयोजकले जनाएको छ। इनरुवामा अभियानको उद्घाटन उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले गरे। केही दिन अगाडि मोरङको विराटनगरमा रु १० मा पेटभरी खाना खुवाउन थालिएको थियो। विराटनगर बजारमा रहेको कालीमन्दिर अगाडिबाट शुरु तिरुपति क्याटरिङ सेवामार्फत रु १० मा खाना खुवाउन थालिएको छ।

विराटनगरबाट शुरु भएको यो अभियान अहिले १ नम्बर प्रदेशमा लहरको रूपमा चलेको छ । विराटनगरमा बास्मती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ। एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी भिखारी वा गरीब मानिसलाई खाना खुवाउन चाहेमा जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ।

दमकको मुख्य चोकमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर अगाडिसमेत मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ। भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ। कतै १० रुपैयाँमा त कतै ५ रुपैयाँमा खाना खुवाउने अभियान शुरु भएको बेला सुनसरी सदरमुकाम इनरुवामा भने निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो। 

(www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रानी मौरी कारमा थुनिँदा दुई दिनसम्म हजारौं मौरीले कारलाई घेर्यो
रानी मौरी कारमा थुनिँदा दुई दिनसम्म हजारौं मौरीले कारलाई घेर्यो
जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई
५५ दिनपछि जीवितै उद्धार : प्रेमिकाको शव भेटियो
५५ दिनपछि जीवितै उद्धार : प्रेमिकाको शव भेटियो
अब दुई घण्टामा पिसिआरको नतिजा
अब दुई घण्टामा पिसिआरको नतिजा
अब सवारी साधनको ट्रायल दिँदा पैसा तिर्नु नपर्ने
अब सवारी साधनको ट्रायल दिँदा पैसा तिर्नु नपर्ने

तपाईंले छुटाउनुभयो कि?