मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

सारांश

  • चितवन, २७ फागुन,पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडि सवार महतो गम्भीर घाइते भएका थिए ।

चितवन, २७ फागुन,पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडि सवार महतो गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक खैरहनी–५ फसेराका क्रिपेश महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । घाइतेको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?