रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
सारांश
- आचार्य प्रदीप बुटवल, १ साउन ।
- गत बर्षको तुलनामा यस बर्ष रुपन्देहीमा डेंगु रोगीहरुको संख्यामा अत्यधिक बृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयको एक तथ्यांकले देखाएको छ ।
- जिल्लामा यस बर्ष डेंगु रोगीहरुको संख्या १ सय ६१ जना रहेको जनस्वास्थ्य कार्यालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
आचार्य प्रदीप
बुटवल, १ साउन । गत बर्षको तुलनामा यस बर्ष रुपन्देहीमा डेंगु रोगीहरुको संख्यामा अत्यधिक बृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयको एक तथ्यांकले देखाएको छ । जिल्लामा यस बर्ष डेंगु रोगीहरुको संख्या १ सय ६१ जना रहेको जनस्वास्थ्य कार्यालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । गत आर्थिक बर्ष २०७२।७३ मा जिल्लाबाट जम्मा ७ जनालाई डेंगु देखिएकोमा यस बर्ष अत्यधिक मात्रामा ९१६१ जनालाई० यो रोग देखा परेपछि जनस्वास्थ्य कार्यालयले यसको नियन्त्रणको लागि विभिन्न तरिकाहरु अपनाउन थालेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य कार्यालयका प्रमुख केहर सिंह गोदारले नेपालमा यो रोग पहिले देखि नै भएतापनि पछिल्लो बर्षमा भारतमा रोजगार गरेर नेपाल भीत्रने युवाहरुबाट डेंगो रोग नेपाल बढी मात्रामा भीत्रिएको बताए । उनले गत असोज, कात्तिकको समयमा भारतमा अत्यधिक मात्रामा डेंगो रोगको प्रकोप बढेको र सोही समयमा नेपालीहरु दशैं तिहार मनाउन नेपाल भित्रिने क्रममा उक्त रोगले नेपालमा बढी स्थान पाएको बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले अघिल्ला केही बर्षहरुमा रुपन्देहीमापनि डेंगोको प्रकोप बढेको भएपनि गत बर्षसम्म आउँदा यसको मात्रा धेरै नै कमी भएको बताउँदै यसबर्ष अकस्मात बृद्धि भएको भएपनि यसको नियन्त्रणमा आफुहरु लागिपरेको बताए । शाहले आफुहरु यसको नियन्त्रणको लागि यही साउन २ र ३ गते सिद्धार्थनगरका सबै टोलहरुमा अभियान सन्चालन गरिने जानकारी दिए ।
यसअघि बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा डेंगु नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिसकिएको बताउँदै भेक्टर कन्ट्रोल निरिक्षक शाहले २ दिन सिद्धार्थनगरमा डेंगु नियन्त्रण सम्बन्धि अभियान संचालन गर्नको लागि कार्यालयमा कार्यरत कर्मचारी तथा स्वयमसेवीकाहरुलाई खटाइने बताए । आफुहरुको अभियानमा सहयोग गर्नको लागि सम्पूर्ण नगरवासीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया