सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सार्वजनिक जग्गामा बनेका घर, टहरा ३५ दिनभित्र खाली नगरे भत्काइने

सारांश

  • अस्बिन खडका, बैशाख १२ – उदयपुरको त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा ३५ दिनभित्र खाली नगरेमा भत्काइने भएको छ ।
  •   सरकारी जग्गा अतिक्रमण भएको स्थान अवलोकनका लागि अकस्मात रुपमा पुगेका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले यस्तो निर्देशन दिएका हुन् ।
  • त्रियुगामा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको सरकारी जग्गा अतिक्रमण गरी घर, टहरा बनाइएका छन् ।

अस्बिन खडका, बैशाख १२ – उदयपुरको त्रियुगा नगरक्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा ३५ दिनभित्र खाली नगरेमा भत्काइने भएको छ ।  सरकारी जग्गा अतिक्रमण भएको स्थान अवलोकनका लागि अकस्मात रुपमा पुगेका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले यस्तो निर्देशन दिएका हुन् ।

त्रियुगामा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको सरकारी जग्गा अतिक्रमण गरी घर, टहरा बनाइएका छन् । प्रजिअ कार्कीले जथाभावी खरिद बिक्री समेत भैरहेको भन्दै ३५ दिनभित्र खाली नगरेमा कानुन बमोजिम कार्वाही गर्ने बताए ।

मंगलबार सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा सहित अतिक्रमण भएको स्थानमा पुगी भनेको समयमा खाली नगरेमा सुरक्षाकर्मी लगाएर सबै घर भत्काउने चेतावनी दिएका छन् ।

thesanddollarlv

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Basnet

    बोल्ल सक्ने को पिठो बिक्ने बोल्ल नसक्नेको चावल नबिक्ने त्यस्तो धारणा नगरी मेची देखि महाकालिसम्म यो नियम लागू होस फेरि पछि पछुताउन नपरोस सरकार?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?