क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २५, २०७६
|
|
३० पटक हेरिएको
Shares
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै

सारांश

  • चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रका दुई वटा भवन खाली गरिँदै छ ।
  • वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनका ५० कोठा खाली गरिनेछ ।
  • केन्द्रका निर्देशक बलराम सिलवालका अनुसार वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनमा ५० कोठा खाली गरिएको हो ।

चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रका दुई वटा भवन खाली गरिँदै छ । वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनका ५० कोठा खाली गरिनेछ ।

केन्द्रका निर्देशक बलराम सिलवालका अनुसार वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनमा ५० कोठा खाली गरिएको हो । ‘भवनका सामान सार्न बिहीबार बिहानदेखि करिब ५० कामदार खटाइएका छन् । शनिबारसम्म भवन खाली भइसक्छ,’ उनले भने ।

नोवल कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई चीनबाट ल्याएपछि क्वारेन्टाइनमा राख्न केन्द्र छानिएको हो । केन्द्रमा शुक्रबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित सुरक्षा निकाय अधिकारीहरूले निरीक्षण गरेका छन् । ‘सरकारले क्वारेन्टाइनका लागि ठाउँ छानेको सुनेको हो ।

लिखित निर्णय आएको छैन,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन् । केन्द्रको प्रवेशद्वारमा सुरक्षाकर्मी खटाइसकेको समेत उनले जानकारी गराएको आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?