११ वर्षीय बालक हत्या प्रकरण: ४० लाख फिरौतीमा सहमति भएको थियो
सारांश
- काठमाडाै, २१ साउन ।
- आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्का अपहरणमा परे लगत्तै बावु गणेशबहादुर खड्कालाई फोन आयो – ‘२ करोड फिरौती दिएमात्रै बच्चा सकुशल रहने छ ।
- ’ तर २ करोड फिरोती बुझाउँने कुनै हैसियत नै नभएका खड्काले त्यत्रो रकम कहाँबाट ल्याउँनु भन्दै अपहरणकारीीसँग हारगुहार गरे–‘बच्चा केही नगरिदिनु ।
काठमाडाै, २१ साउन । आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्का अपहरणमा परे लगत्तै बावु गणेशबहादुर खड्कालाई फोन आयो – ‘२ करोड फिरौती दिएमात्रै बच्चा सकुशल रहने छ ।’ तर २ करोड फिरोती बुझाउँने कुनै हैसियत नै नभएका खड्काले त्यत्रो रकम कहाँबाट ल्याउँनु भन्दै अपहरणकारीीसँग हारगुहार गरे–‘बच्चा केही नगरिदिनु ।’
सिुन्धुपालचोकको मेलम्चिबाट आएको खड्का परिवार त्यही घरबनाएर बस्दै आएको थियो । प्रहरीका अनुसार आर्थिक हैसियत पनि मध्यम स्तरको हो खड्का परिवारको । त्यसपछि अपहरणकारी र खड्काबीच बच्चा छुटाइदिने शर्तमा पैसाको मोलमोलाई भयो, र अन्तिममा ४० लाखमा सहमति भयो । विहान फिरौती बुझाएर बच्चा बुझाउने शर्त पनि भयो । अपहरणको सूचना पाए लगत्तत्रै प्रहरी पनि राती नै अपहरण मूक्त गर्न खटियो ।
रातभरी सर्च एन्ड रेस्क्यु अपरेसन महानगरीय प्रहरी महाशाखाले चलायो । तर सोमबार १२ बजे भक्तपुरको ठिमी नजिकै वालक हत्यापछि पुरिएको अवस्थामा फेला परे । त्यसपछि प्रहरीले भक्तपुरका संकास्पद स्थानमा निगरानी बढाउँदै २ जनालाई विहान फेला पा¥यो, तर त्यसबेला अपहरणकारी पेस्तोल ताक्दै भाग्न खोजे । तर प्रहरीले पनि जवाफी फायर खोल्यो । र दुवैजना अपहरणकारीको घटनास्थलमै मृत्यु भयो ।
प्रतिक्रिया