मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३३ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सारांश

  • मनहरी ।
  • मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
  • भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरी । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । मृतक दुवैको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने विरुद्ध परेका तीनवटै उजुरी खारेज
रवि लामिछाने विरुद्ध परेका तीनवटै उजुरी खारेज
छ करोड लगानीमा वडा कार्यालय भवन बन्ने
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
सिण्डिकेट वालाको दादागिरी फेरी सुरु
सिण्डिकेट वालाको दादागिरी फेरी सुरु
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार
विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
प्रहरीलाई दुर्घटना, अपराधबारे जानकारी दिन १०० मा एसएमएस

तपाईंले छुटाउनुभयो कि?