मुटु छुने तस्बिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
३० पटक हेरिएको
Shares
मुटु छुने तस्बिर

सारांश

  • काठमाडौं, २६ माघ ।
  • हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो।
  • रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्बर मागे।

काठमाडौं, २६ माघ । हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्बर मागे। नभेष काठमाडौंमा बसेर अन्तर्रा्ष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्छन्।

समाचार संस्थासँग कुरा गरेर उनले रौतहटका दुईवर्षीय बालक बजरंगीको फोटो कथा बनाउन थाले। यसबाट बालकको जीवनमा पनि केही सहयोग पु(याउने उनको आशा थियो। उनले बालकको घरसम्मको यात्रा तय गरे। पहिलो भेट भएको झन्डै तीन सातापछि घरमै पुगेर कथाका लागि विभिन्न कोणबाट तस्बिर खिचे। प्रकृतिले अर्कै कथा रच्यो। उपचारका लागि सहयोग जुटाउने तयारी गर्दैगर्दा उपचार नपाएर बालकको २०७६ जेठ २६ गते मृत्यु भएको खबर नभेषले पाए। अनि उनी फेरि रौतहट पुगे। जीवन जोगाउन हिँडेका उनी चिहानको तस्बिर खिच्दै राजधानी फर्के।
नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?