स्थानीय तहमा ९८ करोड बजेट निकासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
स्थानीय तहमा ९८ करोड बजेट निकासा

सारांश

  • पोखरा, २१ भदौ ।
  • कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्ता रु ९८ करोड २० लाख ६९ हजार निकासा भएको छ ।
  • कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालकाअनुसार पोखरा–लेखनाथ महानगरपालिकाको लागि रु ६० करोड ९७ लाख ७६ हजार निकासा भएको छ ।

पोखरा, २१ भदौ । कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्ता रु ९८ करोड २० लाख ६९ हजार निकासा भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालकाअनुसार पोखरा–लेखनाथ महानगरपालिकाको लागि रु ६० करोड ९७ लाख ७६ हजार निकासा भएको छ ।

त्यस्तै रुपा गाउँपालिकामा रु ६ करोड ९७ लाख १५ हजार, माछापुच्छ«े गाउँपालिकामा रु १० करोड २१ हजार ८४ हजार, मादी गाउँपालिकामा रु १० करोड ७४ लाख २७ हजार र अन्नपूर्ण गाउँपालिकामा रु नौ करोड ३१ लाख ६६ हजार निकासा भएको छ ।

निकासा भएको बजेट चालु आर्थिक वर्ष २०७४÷७५ को एक तिहाइ हो । चालु आवका लागि पोखरा–लेखनाथ महानगरपालिकामा रु एक अर्ब ८२ करोड ५७ लाख २९ हजार, अन्नपूर्ण गाउँपालिकामा रु २७ करोड ९५ लाख, माछापुच्छ«े गाउँपालिकामा रु ३० करोड ६५ लाख ५३ हजार, मार्दी गाउँपालिकामा रु ३२ करोड २२ लाख ८५ हजार र रुपा गाउँपालिकामा रु २० करोड ९१ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकामा वाणिज्य बंैक नभएकका कारण कार्यालयले सबै तहको बजेट राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा स्थानीय तहका खाता खोली बजेट निकासा गरिदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?