विप्लव उपस्थित थिए काठमाडौँको विशेष कार्यक्रममा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
विप्लव उपस्थित थिए काठमाडौँको विशेष कार्यक्रममा !

सारांश

  • काठमाडौँ, ११ मंसिर।
  •   नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गएको शनिबार (मंसिर ८ गते) काठमाडौँमा विशेष कार्यक्रम गरेर पार्टी पुनर्गठनको पाँचौँ वर्षगाठ मनायो ।
  • प्रदर्शनी मार्गमा भव्य र्‍यालीसहित भएको विशेष कार्यक्रममा पार्टीका अध्यक्ष विप्लव नै आउने चर्चा थियो ।

काठमाडौँ, ११ मंसिर।  नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गएको शनिबार (मंसिर ८ गते) काठमाडौँमा विशेष कार्यक्रम गरेर पार्टी पुनर्गठनको पाँचौँ वर्षगाठ मनायो । प्रदर्शनी मार्गमा भव्य र्‍यालीसहित भएको विशेष कार्यक्रममा पार्टीका अध्यक्ष विप्लव नै आउने चर्चा थियो । तर उनी मञ्चमा देखिएनन् । प्रवक्ता तथा स्थायी कमिटि सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताले सभालाई सम्बोधन गरे ।

घटनाको चार दिनपछि पार्टीका अध्यक्ष विप्लव सो कार्यक्रममा उपस्थित रहेको भन्ने दाबीसहित सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक भएको छ । विप्लव मञ्चमा नभई सामान्य व्यक्तिको रुपमा दर्शकदीर्घामा बसेको दाबी उनको पार्टीका केही उच्च नेताले दाबी गरेका छन् । यद्यपि त्यसबारे आधिकारिक धारणा आउन सकेको छैन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जिल्ला सेक्रेटरीले भने, ‘शनिबारको कार्यक्रममा अध्यक्ष (विप्लव) कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । उहाँसहित अरु केही केन्द्रीय नेताहरु दर्शकदीर्घामा बस्नु भएको थियो । यो योजनाबद्ध रुपमा भएको हो । हाम्रो रणनीति नै मञ्चमा अध्यक्षबाहेकका केही नेता मात्रै उपस्थित हुने थियो ।’ उता सुरक्षा स्रोतले विप्लव मंसिर ८ गते शनिबार काठमाडौँमै रहेको सूचना प्राप्त भएको तर उनी प्रदर्शनी मार्गको कार्यक्रममा उपस्थित भए–नभएको बारे जानकारी नरहेको बतायो ।स्रोतले भन्यो, ‘विप्लव ८ मंसिरमा काठमाडौँ मै रहेको र ९ गते काठमाडौँ बाहिर (मकवानपुर) गएको भन्ने सूचना पाएका हौँ ।’ तर विप्लव नेतृत्वको पार्टीका नेताले भने उनका अध्यक्ष मंसिर १० गते अर्थात सोमबार काठमाडौँबाट बाहिर गएको बताए ।

कार्यक्रममा उपस्थित भएको भनेर सार्वजनिक भएको तस्बिरमा विप्लव टाउकोमा ऊनको टोपी तथा मुखमा मास्क लगाएर लौरी टेकेर भिडमा उभिएको देखिएको छ । तर यो तस्बिरको वास्तविकताबारे स्वतन्त्र पुष्टि भने भएको छैन । सुरक्षा स्रोत तस्बिर कसैले ‘फोटोसप’ गरेर बनाएको हुन सक्ने बतायो ।

यता पार्टि निकट मानिने एकजना नेताले भने याे तस्बिर विप्लवकै भएकाे बताएका छन् ।उनले भने तस्बिर त हाे तर अाए नअाएकाे मलाइ थाहा भएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा
फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित
एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
विहान बालुवाटारमा परामर्श, साँझ ललितपुरमा ३० नेतासँग प्रचण्डको छलफल