निगमको क्वालालम्पुर उडान स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
निगमको क्वालालम्पुर उडान स्थगित

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ।
  • मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि निगमले क्वालालम्पुरको उडान स्थगित गरेको हो।

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ।

मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि निगमले क्वालालम्पुरको उडान स्थगित गरेको हो।

क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्चबाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ।

मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने छ तथा मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच निजी लगानीको हिमालय एयरलाइन्सले पनि आगामी मार्च ३१ सम्म क्वालालम्पुर गन्तब्यको उडान स्थगित गरेको आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ। रासस

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
कर फर्छ्यौट आयोगका चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना
कर फर्छ्यौट आयोगका चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Factors Consequences Of Occupational Conditions Among Japanese people Wives Upon Jstor
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन
कतारमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल तोकियो
कतारमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल तोकियो
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा
मलेसियाले दियो नेपाललाई ९० रनको लक्ष्य
मलेसियाले दियो नेपाललाई ९० रनको लक्ष्य
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय

तपाईंले छुटाउनुभयो कि?