पुस १ लाई किन कालो दिवस !
सारांश
- काठमाडौं ।
- प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा खारेज गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।
- २०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।
काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा खारेज गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।
२०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई कायक्रमबाटै गिरफ्तार गरी तीन महीना सिंहदरबार हुँदै सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना लेखेका थिए ।
पुस १ गते तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । आज देशभर विभिन्न कालो दिवसका रुपमा कार्यक्रम गरिने जनाइएको छ ।
प्रतिक्रिया