लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
सारांश
- १८ असोज, काठमाडौं ।
- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको छ ।
- एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगतै कांग्रेसले पनि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको हो ।
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको छ ।
एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगतै कांग्रेसले पनि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको हो ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले अब लोकतान्त्रिक गठवन्धन बनाउनेको विकल्प नभएको धारणा राखेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर लैजान ध्रविकरण नहोस् भन्ने थियो’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘तर, अब लोकतान्त्रिक गठवन्धन अपरिहार्य भएको छ ।’
लोकतान्त्रिक गठबन्धनका लागि राष्ट्रिय जनता पार्टी नेपाल सहितका अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसले बताएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ramesh Wagle
duplicating no origanality
Hari Prasad Rijal
बनाउनु परछ