राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३१, २०८०
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेका छन् ।
  • भेटमा उहाँहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेका छन् । भेटमा उहाँहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले संसद् बैठक अवरुद्धहुँदा जनतामा निराशा बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएको जनाइएको छ ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलबीच विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?