कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित

सारांश

  • नेपालगञ्ज– बाँकेमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • यो संख्यासँगै जिल्लामा संक्रमितको संख्या ८१ पुगेको छ।
  • जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा एकजनाको मृत्यु भइसकेको छ।

नेपालगञ्ज– बाँकेमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै जिल्लामा संक्रमितको संख्या ८१ पुगेको छ। जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा एकजनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार मिडिया ब्रिफिङमा यो जानकारी गराएको हो।

जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। आज ४७ थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको हो। भेरी अस्पतालमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो।

आज थपिएका संक्रमितको दुई दिनअघि शनिबार स्वाव लिइएको थियो। नरैनापुरको वडा नं. २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोजभगवानपुरबाट ३९ (एकजना मृत्यु), वडा नं. ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो। यीबाहेक ११ जनाको आइतबार स्वाव लिइएको छ। आठ जना संक्रमितमध्येमा दुई जना घरउर्स र ससुराली गएको पाइएपछि आफन्तीको स्वाब लिइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
प्रविण थापाको निर्देशनमा नारायण खड्काको ‘हे भगवान’ बजारमा (भिडियोसहित)
प्रविण थापाको निर्देशनमा नारायण खड्काको ‘हे भगवान’ बजारमा (भिडियोसहित)
उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि
गौरीको जन्म दिनमा शाहरुख खान गायब!
गौरीको जन्म दिनमा शाहरुख खान गायब!

तपाईंले छुटाउनुभयो कि?