कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए

सारांश

  • चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ ।
  • रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आक्रामक रूपमा प्रतिवाद गरेका हुन् ।
  • बुधबारको बैठकमा देउवा पक्षधर नेताहरूले रामचन्द्र पौडेलले केही समयअघि पेस गरेको चारपन्ने आरोप र मंगलबार युवा नेताहरूले पेस गरेको प्रस्तावका बुँदामाथि आपत्ति जनाए ।

चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आक्रामक रूपमा प्रतिवाद गरेका हुन् । बुधबारको बैठकमा देउवा पक्षधर नेताहरूले रामचन्द्र पौडेलले केही समयअघि पेस गरेको चारपन्ने आरोप र मंगलबार युवा नेताहरूले पेस गरेको प्रस्तावका बुँदामाथि आपत्ति जनाए ।

नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलले पेस गरेको प्रस्तावको भाषा उनको राजनीतिक उचाइसुहाउँदो नभएको टिप्पणी गरे । चारपन्ने आरोपमा पौडेलले गुटको भरणपोषण गरेको, पैसाको राजनीति गरेको, कार्यकर्तालाई कांग्रेस जिन्दावाद होइन, शेरबहादुर जिन्दावाद भन्न सिकाएको विषय समेटेका थिए ।

महेश आचार्यले चुनावमा देउवा एक्लैले टिकट नबाँढेको भन्दै परिणामको जस–अपजस सबैले लिनुपर्ने बताए । डा. प्रकाशशरण महतले मंगलबारको लिखित प्रस्ताव सभापतिलाई मात्र दोषी देखाउने गरी आएको भन्दै आपत्ति जनाए । पौडेल, प्रकाशमान सिंह र गगन थापालगायतले दोष मात्रै थुपारेको, तर सही बाटो देखाउन नसकेको उनको टिप्पणी थियो । शंकर भण्डारीले पार्टीका संरचना र निकायलाई अब विधानतः सभापतिले चाँडै पूर्णता दिनुपर्ने बताए । उनले सभापतिलाई मात्रै लखेटेर पार्टी राम्रो नबन्ने धारणा राखे ।

१० दिन बसिसकेको बैठक अझै केही दिन लम्बिने भएको छ । ६६ केन्द्रीय सदस्यले बोलिसकेका छन् भने अब बाँकी केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्वपदाधिकारी बोल्न बाँकी छ ।

बैठकको निर्णय लेख्न प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेल पक्षबाट नवीन्द्रराज जोशीसहितका नेतालाई जिम्मेवारी दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । निर्णय लेख्नुअघि आफूहरूको भावना, आवाज र कार्यक्रम समेट्न पौडेल र सिटौला पक्षले देउवालाई दबाब दिइरहेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hemanta Parajuli

    शेर बहादुर जिन्दावाद होईन । अव चांही हरियो बांसमा झुण्ड्याएर “राम नाम सत्य जप्दै घाटमा लगेर जलाउने वन्दोवस्त मिलाउनुपर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक
झलनाथले पत्रकारको पक्ष लिदा अप्ठ्यारोमा केपी ओली
झलनाथले पत्रकारको पक्ष लिदा अप्ठ्यारोमा केपी ओली
माेदिकाे नेपाल भ्रमणले चीनलाई झट्का
माेदिकाे नेपाल भ्रमणले चीनलाई झट्का
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु
बेलायती सेनालाई हराएको सम्झनामा पाल्पामा मनाइने भगवती रथयात्रा सम्पन्न
बेलायती सेनालाई हराएको सम्झनामा पाल्पामा मनाइने भगवती रथयात्रा सम्पन्न
बन्ला त फूलै फूलको सहर ?
बन्ला त फूलै फूलको सहर ?
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ  -चिनियाँ मुखपत्र
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ -चिनियाँ मुखपत्र

तपाईंले छुटाउनुभयो कि?