जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या

सारांश

  • सिरहा, साउन ५ ।
  • जिल्लाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो ।

सिरहा, साउन ५ । जिल्लाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो ।

केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै शव फेला परेको थियो । तत्काल शवको पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको रामको शव रहेको शुक्रबार मात्रै पहिचान भएको थियो ।

गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारजनले कतै उहाँको हत्या त भएको छैन? भन्ने आशङ्का गरेपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जानकारी दिए ।

लागुऔषध मुद्दामा जेलमा बसेका बेला साथीसँग लिएको सापटीबापतको एक हजार समयमा फिर्ता नगर्दा आफ्नो छोराले ज्यान गुमाएको उनका पिता सिफैत रामले बताए। लकडाउनको समयमा रोशन लागुऔषधसहित वैशाखको अन्तिम साता लक्ष्मीपुर पतारीबाट पक्राउ परेका थिए । पक्राउ परेको समयमा उनलाई इलाका प्रहरी कार्यालय लहानको थुनामा राखिएको थियो ।

जेठको अन्तिम साता उनलाई जिल्ला अदालतले १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको तर रकम नहुँदा जेलमै गएका थिए । जेलमा रामको भेट लागुऔषध मुद्दामै कारागारमा रहेका मिर्चैया नगरपालिका–२ निवासी जयकुमार यादवसँग चिनजान भएको र कारागारमै यादवसँग रामले एक हजार रुपैयाँ ऋण लिएको र त्यो समयमा फिर्ता नदिएकाले आफ्नो छोराको हत्या भएको मृतकका पिता सिफैतको कथन छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाकाे विवाद: योगेश भट्टराई र विष्णु रिमालबीच दाेहाेरी !
नेकपाकाे विवाद: योगेश भट्टराई र विष्णु रिमालबीच दाेहाेरी !
रुस युक्रेन युद्ध लम्बिदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने
रुस युक्रेन युद्ध लम्बिदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
कर्णाली प्रदेशमा एनजीओ ‘आउट’ : फेसबुक बन्द
कर्णाली प्रदेशमा एनजीओ ‘आउट’ : फेसबुक बन्द
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
भेनेजुएलाको संसदमा , सांसद कुटिए,घुसे प्रदर्शनकारी……..
भेनेजुएलाको संसदमा , सांसद कुटिए,घुसे प्रदर्शनकारी……..
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म

तपाईंले छुटाउनुभयो कि?