नेकपाकाे विवाद: योगेश भट्टराई र विष्णु रिमालबीच दाेहाेरी !
सारांश
- काठमाडौँ, १४ असोज ।
- नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा देखिएको विवाद र असन्तुष्टि सामाजिक सञ्जालमार्फत छताछुल्ल हुन थालेको छ ।
- प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार समेत रहेका स्थायी समिति सदस्य विष्णु रिमाल र अर्का स्थायी समिति सदस्य योगेश भट्टराईबीच ट्वीटरमा कटाक्ष सुरु भएको हो ।
काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा देखिएको विवाद र असन्तुष्टि सामाजिक सञ्जालमार्फत छताछुल्ल हुन थालेको छ । प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार समेत रहेका स्थायी समिति सदस्य विष्णु रिमाल र अर्का स्थायी समिति सदस्य योगेश भट्टराईबीच ट्वीटरमा कटाक्ष सुरु भएको हो ।
रिमालले आफ्नो टिवटर एकाउन्टमा व्यङ्ग्य गर्दै लेखेका छन्–‘मानिसको पतन त्यस समय सुरु हुन्छ जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ ।’
“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब
आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू
गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) September 28, 2018
उनको व्यङ्ग्य नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित देखिन्छ । किनकी प्रधानमन्त्री ओली अमेरिकाको भ्रमणमा रहेका बेला नेपालले यहाँ भेला बोलाएका थिए । र, भेलालाई ओलीविरुद्धको ‘क्याम्पियन’का रुपमा बुझिएको छ ।
ओलीका पछिल्ला गतिविधिबाट नेपाल समूह रुष्ट छ । रिमाल संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएका प्रधानमन्त्री ओलीको भ्रमण दलका सदस्य रिमाल पनि हुन् ।
शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !
— Yogesh Bhattarai (@yogesbhattarai) September 29, 2018
रिमालको ट्वीटप्रति लक्षित गर्दै नेता भट्टराईले पनि ट्वीट गरेका छन् । रिमाललाई प्रतिउत्तर दिँदै माधव नेपाल निकट मानिने भट्टराइले लेखेका छन्, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा !’
प्रतिक्रिया