पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
६६ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्

सारांश

  • ४ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण केन्द्रित हुने बताएका छन् ।
  • पूर्व प्रधानमन्त्रीहरूसँग भारत भ्रमणबारे शनिबार सुझाव लिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘नेपाल र नेपालीकै हित र राष्ट्रिय स्वार्थपूर्ति गर्न मैले यो भ्रमणलाई उपयोग गर्नेछु ।
  • ’ देउवाले तराईमा बाढीका कारण उत्पन्न डुबान समस्याबारे भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए ।

४ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण केन्द्रित हुने बताएका छन् ।पूर्व प्रधानमन्त्रीहरूसँग भारत भ्रमणबारे शनिबार सुझाव लिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘नेपाल र नेपालीकै हित र राष्ट्रिय स्वार्थपूर्ति गर्न मैले यो भ्रमणलाई उपयोग गर्नेछु ।’ देउवाले तराईमा बाढीका कारण उत्पन्न डुबान समस्याबारे भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए ।प्रधानमन्त्री देउवा बुधबारदेखि भारतको चारदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री भएयता पहिलोपटक उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री भ्रमणको औपचारिक घोषणा दुवै विदेश मन्त्रालयका तर्फबाट सोमबार हुनेछ । पूर्व सरकार प्रमुखहरू पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल र खिलराज रेग्मीले प्रधानमन्त्रीलाई आफ्ना सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने बैठकमा गएनन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
बैठकको सुरुमा बोलेका पूर्वप्रधानमन्त्री खनालले भारतीय सीमा बाँधका कारण नेपाली भूभाग डुबानमा परेकाले यस्तो बाँधबारे समीक्षाका लागि भारतसँग कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिए । ‘भारतसँगका सीमा बाँधहरू अन्तर्राष्ट्रिय ऐन-कानुनविपरीत छन् । ‘अहिले तराई भयावह अवस्थामा डुबानमा छ । यसमा प्रधानमन्त्रीले खुट्टा नकमाई भारतीय पक्षसँग कुरा राख्नुहोला’, खनालले भने ।
खनालले बैठकपछि भने, ‘असमान सन्धि-सम्झौताका कारण नेपालले जहिल्यै भारतीय पक्षको हेपाहा व्यवहार भोगिरहनुपरेको छ । असमान सन्धि-सम्झौताका विषयमा पनि नेपालले भारतीय पक्षसँग कुरा उठाउनुपर्छ । देशको राष्ट्रिय हितमा रहेर कुरा गर्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री दाहालले भारतसँगका पूर्वसहमति कार्यान्वयनमा भ्रमण केन्द्रित गर्न देउवालाई सुझाव दिए । 

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
रोकिँदै, शुरु हुँदै विषादी जाँच
रोकिँदै, शुरु हुँदै विषादी जाँच
डा भोला रिजाल : ‘करको लोभमा लकडाउन खुकुलो बनाईयो’
डा भोला रिजाल : ‘करको लोभमा लकडाउन खुकुलो बनाईयो’
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा
देउवाकाे  राष्ट्रपति बन्ने दाउ, प्रचण्डले पुरा गर्लान र ?
देउवाकाे राष्ट्रपति बन्ने दाउ, प्रचण्डले पुरा गर्लान र ?
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
एमालेमा ७० वर्ष उमेरहद हटाइयो
एमालेमा ७० वर्ष उमेरहद हटाइयो