हल्लमट्वाँट (हास्यब्याङग्य)
सारांश
- Nawaraj Shameer, क्राइम पत्रिकाले लेखेको छ कि हल्लमट्वाँटलाई भारतबाट सिधै नेपाल स्थित अमेरिकी दतावासमा पुयाइयो ।
- त्यहाँ दुतावासका अधिकृतहरु र मोबाइल र क्यामेरा गुमाउने सि.
- आइ.
Nawaraj Shameer,
क्राइम पत्रिकाले लेखेको छ कि हल्लमट्वाँटलाई भारतबाट सिधै नेपाल स्थित
अमेरिकी दतावासमा पुयाइयो । त्यहाँ दुतावासका अधिकृतहरु र मोबाइल र क्यामेरा
गुमाउने सि. आइ. ए.का एजेन्टहरु उपस्थित थिए । केरकार शुरु गरे ।
हल्लमट्वाँटले मोबाइल, क्यामेरा र पैसा चोरेको लगेको कुरा स्विकारेन । उसले त उक्त रात
एजेन्ट म¥यो भन्ने पो ठानेको रहेछ । हल्लउँदा पनि हल्लेन रे । ‘म त डरले भागिहालेँ, छामछाम छुमछुम गर्नै पाइन नि ।’
हल्लमट्वाँटको यो भनाइबाट थाहा लाग्छ कि वास्तवमा उ एजेन्ट म¥यो भनेर
डरायो र हतार हतार उसले त्यहाँबाट कुलेलम ठोक्यो । उ त्यस पछि किन फर्केन त
उसको बयान अनुसार उ त्यसपछि मामालाई भेट्न गयो तर मामा विरामी भएको र
भेल्लोर लानुपर्ने भएकाले मामालाई लिएर उ भारतको भेल्लोर तिर लाग्यो । उसको
यो बयान शतप्रतिशत सत्य छ भन्ने कुरा दुईवटा कुराले राम्रैसँग पुष्टि गर्छ । पहिलो
कुरा यो हो कि उसको मामा भेल्लोर अस्पतालमा मरेको थियो ।
र दोस्रो कुरा यो हो
कि उ भेल्लोर अस्पताल नजिकै पक्राउ परेको थियो । उसको सम्पूर्ण कुराहरु
सुनिसकेपछि दुतावासका अधिकारीहरु एजेन्टको सामानहरु र पैसा लाने मान्छे
हल्लमट्वाँट होईन भन्ने निष्कर्षमा पुगे । त्यसपछि दुतावासका अधिकारीहरु यो
प्रश्नको जवाफ खोज्न तिर लागे कि हल्लमट्वाँट अलकाइदाको मान्छे हो कि
होइन ?केरकारबाट थाहा लाग्यो कि उत्तm रात महिलासँग हल्लमट्वाँटले त्यो कुरा भनेकौ रहेछ ।उसको स्विकारोत्तिmले दुुतावासका कर्मचारिहरुलाइ आवेशमा ल्याइहाल्यौ त्यसपछि कडा प्रश्न तेर्सिए ।
‘ल भन, लादेनको बारेमा के थाहा छ ।’
‘‘को लादेन ।’’
हल्लमट्वाँटले मुख र निधार चाउरी पार्दै सोध्यो ।‘‘ओशामा विन लादेन ।’’
‘‘आ… चिन्दिन म त्यस्तो मान्छेलाई ’’
हल्मट्वाँटले अतिनै झर्को मानेर नाख, मुख निधार खुम्चाएर प्रतिपादन गरेता पनि दुतावासका कर्मचारीहरु त्यसै मान्ने वाला थिएनन् । एउटा भुन्टे कर्मचारीले ह्ल्लमट्वाँटको कान निमोठेर कठोर भावमा सोध्यो ।
‘‘अलकाइदाको मान्छे भएर चिन्दिन भन्छस् एक एक कुरा बता नत्र कुटाइ खालास।’’हल्मट्वाँट्ले यो कुरा दाबि गर्यो कि उत्त रात महिला सँग आफुले अलकाइदाको मान्छे हुँ भनेको सत्य हो तर अलकाइदा शब्दको प्रयोग त्यति बेला आफुलाई असल खास्सको मान्छे हुँ भन्नेर भएको थियो ।उसको थप दाबी यो पनि रह्यो कि कुनै पनि चिज बस्तु वा मान्छेलाई अति राम्रो छ भनेर बताउनको लागि नेपालि भासामा कहिलेकाहि ‘अलकाइदो’ शब्दको समेत प्रयोग गरिन्छ । हल्लमट्वाँट त्यो तर्क बाट कर्मचारिहरु सन्तुस्ट भएनन् ।
भाषागत समस्या खडा भयो त्याँहा । हल्लमट्वाँटलाई त्यसै छोडिदिने त कुरै आउदैन थियो । तब तिमीहरुले भाषगत समस्या समाधानका लागि बिश्व भाषा क्याम्पसका नेपाली भाषका प्रध्यानध्यापक सँग सम्पर्क राखे । प्रध्यापकले सारा कुरा सुनिसके पछि हल्लमट्वाँटको भनाईलाई नै समर्थन गरे उनले पनि भनेकि बोलिचालिमा सारै राम्रो र उपयोगि भन्ने कुरा जन्माउन यदाकदा अपवाद स्वरुप अलकाइदा शब्दको प्रयोग गरिएको पाइन्छ । प्रध्यापका अनुसार शुरु शुरुमा काइदा मात्र भन्ने गरेता पनि सम्पूर्ण कुरा राम्रै र उपयोगि भन्ने जनाउन अग्रेजी शब्द अल समेत मिसाएर अलकाइदा भन्ने चलन चलेको हो । दुतावासका कर्मचारीहरु प्रध्यापकको भनाइ प्रति पनि आश्वस्त हुन सकेनन् । कतै एउटा नेपालिले नेपालीलाई बचाउने वा निर्दोेष साबित गर्ने प्रयास त होइन यो ।
यदि हल्लमट्वाँट अलकाईदाको मान्छे होईन भने उसले उत्त एजेन्टलाई कसरी बेहोस पार्यो त ।रासायनिक हतियार बोकेर हिड्ने मान्छे सामान्य हुन सक्छ र? दुतावासका कर्मचारीहरुको मजग फनफनि घुम्न थाल्यो । हुनपनि उक्त रात एजेन्ट बेहोश भएको घटना रहस्य पूर्ण थियो । यो ।रहस्यको पोको नफुकाइ हल्लमट्वाँटलाई छाडि दिनु भनेको त हदै दर्जाको मुर्खता हुन्थ्यो ।यही कुरा मनन् गरेर होला । दुतावासका अधिकारीहरु रहस्य पत्तो नलगाई हल्लमट्वाँटलाई नछाड्ने निष्कर्शमा पुगे तब सुरु भयो पुन केरकार । बेहोस हुने एजेन्टलाई बोलाइयो उ आएर हल्लमट्वाँट बसेकौ सामुन्ने कुुर्सीमा बडो गम्भीर भएर बस्यो ।
उसले हल्लमट्वाँटलाई घुरेर हेर्यो । पहिला त हल्लमट्वाँटले सामान्य ढँगबाट एजेन्टलाइ हेर्दै थियो तर पछि एजेन्टले निकै बेर घुरेर हेरेको देखेर हल्लमट्वाँटले पनि एजेन्टलाई घरेरै हेर्न थाल्यो दुबैको आखाँ आखाँ जुधे हेराहेर लम्बियो । एजेन्टले आखिभौ हल्लायो । हल्लमट्वाँटले पनि हल्लायो । एजेन्टले आखाँको गेडी दाँया बाँया नचाँयो । हल्लमट्वाँटले पनि त्यसै गरि हल्लायो एजेन्टले हल्लमट्वाँटको कान समायो । सधवत हल्लमट्वाँटले एजेन्टको कान समाइ नै रहन्थ्यो होला यदि एजेन्टले दाहिने हात प्रयोग गरेर हल्लमट्वाँटको गाँलामा च्ड्याम्म आबाज आउने गरि झापड नहानेको भए ।
मलाई किन हिर्काएको । ङिच्च मुख पारेर हल्लमट्वाँटले झर्केर रिसाउदै सोधि हाल्यो ।लौ भन् !! मलाई कुन रासायनिक हतियारले बेहोश पारिस् ? एजेन्टले गम्भिर भएर कडा भावमा सोध्यो हल्लमट्वाँटले नाक मुख निधार यस्सरी खुम्च्यायो मानाै उसलाई अति नै दिक्क लागिरहेको छ । उस्ले त्यही मुद्धामा सैका र चिन्ता मिश्रीत भावमा अलि हतारिएर प्रति प्रश्न गर्याे ।
‘कहिले वेहाेश पारे र मैलै ?’तसँग सुतेको रात ।
‘मैले कहाँ बेहोश पारेको हु र ?’
‘लाइटर जस्तो पेस्तोल पड्काएको होइनस तैले ?’
‘नचाहिदो कुरा त्यसबेला केहि पड्काएकै छैन मैले ।’
‘अनि त्यो ठ्वास्स आबाज के को थियो त?’
‘कुन ठ्वास्स आबाज ?’
क्रमश….
प्रतिक्रिया