एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) मानसरोवर जाने भएका छन् ।
- ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवर यात्रामा जाने ओलीको निजी सचिवालयले जनाएको छ ।
- हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि पवित्र स्थल मानसरोवरको उत्तरमा कैलास पर्वत रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) मानसरोवर जाने भएका छन् ।
ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवर यात्रामा जाने ओलीको निजी सचिवालयले जनाएको छ ।
हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि पवित्र स्थल मानसरोवरको उत्तरमा कैलास पर्वत रहेको छ । यसअघि पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई आफ्ना पितासहित ल्हासा भएर मानसरोवर गएका थिए ।
समुन्द्र सतहबाट करिब ४ हजार ५९० मिटरको उचाईमा रहेको मानसरोवर चीनको ल्हासाबाट ९४० किलोमिटर (५८० माइल) को दुरीमा रहेको छ । नेपालबाट भने अहिले हुम्लाको सिमीकोट नै मानसरोवरको प्रवेशद्वार बनेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया