निर्माता जनक घर्ती मगरको नयाँ चलचित्र ‘आकाश धर्ती’

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
१ पटक हेरिएको
Shares
निर्माता जनक घर्ती मगरको नयाँ चलचित्र ‘आकाश धर्ती’

सारांश

  • नेपाली चलचित्र बजारमा मौलिक प्रेमकथा आधारित सिनेमाप्रति दर्शकको रुचि सधैँ उच्च रहने गरेको छ।
  • यही सन्दर्भलाई आत्मसाथ गर्दै निर्माता जनक घर्ती मगरले आफ्नो नयाँ नेपाली कथानक चलचित्र ‘आकाश धर्ती’ निर्माण गर्ने औपचारिक घोषणा  गरेका हुन्।
  • आफ्नो पछिल्लो चलचित्र ‘मितज्यू’ बक्स अफिसमा व्यावसायिक रूपमा असफल भए पनि निर्माता घर्ती मगरले हिम्मत नहारी नयाँ जोशका साथ फिल्म निर्माणमा होमिएको जानकारी दिएका छन्।

नेपाली चलचित्र बजारमा मौलिक प्रेमकथा आधारित सिनेमाप्रति दर्शकको रुचि सधैँ उच्च रहने गरेको छ। यही सन्दर्भलाई आत्मसाथ गर्दै निर्माता जनक घर्ती मगरले आफ्नो नयाँ नेपाली कथानक चलचित्र ‘आकाश धर्ती’ निर्माण गर्ने औपचारिक घोषणा  गरेका हुन्।

आफ्नो पछिल्लो चलचित्र ‘मितज्यू’ बक्स अफिसमा व्यावसायिक रूपमा असफल भए पनि निर्माता घर्ती मगरले हिम्मत नहारी नयाँ जोशका साथ फिल्म निर्माणमा होमिएको जानकारी दिएका छन्। अघिल्लो चलचित्र हलबाट उत्रिएको छोटो समयमै उहाँले यो नयाँ प्रोजेक्ट अघि बढाउने साहसिक निर्णय लिएका हुन्।

चलचित्रको निर्देशनको जिम्मेवारी युवा निर्देशक सुदीप भजुलाई सुम्पिएको छ। निर्माता जनक घर्ती मगरकै मूल परिकल्पनामा तयार हुन लागेको यस व्यावसायिक सिनेमाको पटकथा तथा संवाद लेखनको काम भने लेखक अमिर मगरले गरिरहेका छन्।

सिनेमाको मुख्य आकर्षणका रूपमा रहने कलाकारहरूको टोलीलाई भने निर्माण पक्षले हाल पूर्ण रूपमा गोप्य राखेको छ। कथा र चरित्र सुहाउँदो कलाकारहरू चयन भइरहेकाले उचित समयमा मात्र उनीहरूको नाम औपचारिक रूपमा सार्वजनिक गर्ने निर्माण पक्षको रणनीति रहेको देखिन्छ।

विशुद्ध लभ स्टोरी जनरामा निर्माण हुन लागेको यो चलचित्रले दर्शकलाई फरक स्वाद दिने दाबी निर्माताको छ। अघिल्लो कमजोरीबाट पाठ सिक्दै कथावस्तु र प्रस्तुतीकरणलाई विशेष ध्यान दिइने भएकाले यो चलचित्रले बक्स अफिसमा बलियो पुनरागमन गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?