रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि

सारांश

  • बाबुलाल बुढा रियाद (साउदी), ८ बैशाख ।
  • रोल्पा नगरपालिका– १० साविक धवाङ– ५ पेवाकी मनिका बुढा दुई नाबालक छोराछोरीलाई घरमै छोडेर राजधानी काठमाडौंमा भौंतारिइरहेकी छन् ।
  • श्रीमान् दिलबहादुर घर्तीलाई साउदी अदालतले करीव ६३ लाख ब्लडमनि तिराउने फैसला गरेपछि ब्लडमनि जुटाउने र श्रीमान्लाई जेलमुक्त बनाएर स्वदेश फर्काउने सपना बोकेर उनी सहयोगको आशामा विभिन्न निकाय र व्यक्तिसँग हारगुहार गरिरहेकी छन् ।

बाबुलाल बुढा

रियाद (साउदी), ८ बैशाख । रोल्पा नगरपालिका– १० साविक धवाङ– ५ पेवाकी मनिका बुढा दुई नाबालक छोराछोरीलाई घरमै छोडेर राजधानी काठमाडौंमा भौंतारिइरहेकी छन् । श्रीमान् दिलबहादुर घर्तीलाई साउदी अदालतले करीव ६३ लाख ब्लडमनि तिराउने फैसला गरेपछि ब्लडमनि जुटाउने र श्रीमान्लाई जेलमुक्त बनाएर स्वदेश फर्काउने सपना बोकेर उनी सहयोगको आशामा विभिन्न निकाय र व्यक्तिसँग हारगुहार गरिरहेकी छन् ।

रोल्पा नगरपालिका– १० का ३० वर्षीय दिलबहादुर घर्ती परिवारको न्यून आर्थिक अवस्थाको कारण रोजगारीको लागि साउदी अरब पुगेका थिए । उनी २०७२ माघ १८ मा साउदी अरबको रियादस्थित एक कम्पनी (Majid Al Diabahi Contraction & Est.Riyad) मा पुगेका थिए । उक्त कम्पनीमा नेपालबाट स्काभेटर अपरेटरमा गए पनि त्यहाँ कम्पनीले मालबाहक ट्रक थमाइदियो । र, दिलबहादुर घर्ती ट्रक चलाउन बाध्य भए ।

रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिक (Oteeq bin Dgafa dk Doghaleed) लाई गाडीले ठक्कर दिएको थियो । ठक्करबाट साउदी नागरिकको ज्यान गएपछि दिलबहादुर घर्ती २०७३ जेठ ३० गते जेल गएका थिए । अदालतले दिलबहादुरको ७५५ गल्ती देखाई उनलाई २ लाख २५ हजार रियाल क्षतिपूर्ति तिराउने त्यहाँको अदालतले फैसला गरेको थियो ।

मृतक परिवारलाई २ लाख २५ हजार रियाल क्षतिपूर्ति दिनुपर्ने फैसलाको निर्णयप्रति दिलबहादुरको पक्षमा नेपाली दूतावासले अदालतमा पुनरावेदन गरेको थियो । पीडित परिवारलाई मिनाहाको लागि पटकपटक आग्रह गर्दा पनि उनीहरु निर्णयप्रति नरम नबन्दा अदालतले पुनः पहिलेकै फैसलालाई सदर गरेको हो ।

नेपाली रुपैयाँ करीव ६३ लाख ब्लडमनि तिर्नुपर्ने भएपछि दिलबहादुरकी श्रीमती मनिका र उनको परिवारले आफन्त लगायत देशविदेशमा रहने सबै नेपालीसँग सहयोगको लागि आग्रह गरेको छ । श्रीमान दिलबहादुर घर्तीको रिहाइका लागि श्रीमती मनिका बुढाले करीव ६३ लाख नेपाली रुपैयाँ जुटाउने दौडधुपमा लागेकी हुन् ।

एक वर्षअघि नै उनी रकम संकलनमा लागेकी थिइन् । त्यसबेला साउदीस्थित नेपाली दूतावासले अदालतको फैसला पर्खिनु पर्ने जानकारी दिएपछि उनी रोकिएकी थिइन् । उनी अहिले ८ वर्षीया छोरी नमुना घर्ती र ४ वर्षीय छोरा सायन्स घर्तीलाई घरमै छोडेर रोल्पाबाट काठमाडौ पुगेकी छन् । दिलबहादुर घर्तीको रिहाइका लागि सहयोग गर्न चाहने महानुभावहरुले तलको बैंक खातामा रकम जम्मा गरी जानकारी समेत दिन मनिकाले सबैमा आग्रह गरेकी छन् ।

नेपाल राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको सामूहिक खाता नं.
११९००२६७४६१०

ब्यक्तिगत खाता नं. : 119002661810

मनिका बुढा
मोबाइल : ९८४४९६९५४९

 

 

 

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Hikmat B Bohara

    कठै बरा

    Comment Author

    Bil Gurung

    Soooooo bad

    Comment Author

    Bil Gurung

    Love my sis

    Comment Author

    Bil Gurung

    Sorrry

    Comment Author

    Bil Gurung

    Love my nepali bhai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?