काठमाडौँ उपत्यकामा यस्ता गतिविधिमा भदौँ १५ सम्म निषेध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।
  • काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।
  • खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ ।

राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ ।

त्यस्तै सबै प्रकारका सभारगोष्ठी, तालिम, सेमिनार, हलरपार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथरखुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिकरकामदार ओसारपसार तथा टेकवेबाहेक होटल रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।

निषेध गरिएका गतिविधिहरुः

(खुल्ला स्थानमा मानिसहरु भेलारजम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न,
(भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न,
(दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु,
(उद्योग व्यापाररव्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,
(चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
(शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
(सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना (समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
(फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा र साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
(उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न,
(टेक अवे बाहेक होटल रेस्टुरेन्ट सञ्चालन गर्न ।

सुचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम यी गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको छ। सो आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?