माओवादी अध्यक्ष दाहाल आज चितवन जाने
सारांश
- काठमाडौं, ५ मंसिर।
- पुत्र विगोयमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार सो घटनापछि पहिलो पटक चितवन जाँदैछन्।
- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चुनावीसभामा सहभागी हुन जान लागेका अध्यक्ष दाहालको गृहनगर जान लागेका हुन।
काठमाडौं, ५ मंसिर। पुत्र विगोयमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार सो घटनापछि पहिलो पटक चितवन जाँदैछन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चुनावीसभामा सहभागी हुन जान लागेका अध्यक्ष दाहालको गृहनगर जान लागेका हुन। दिउँसो १२ बजे भरतपुर बसपार्कमा दुवै दलको संयुक्त सभा हुँदैछ ।
‘आइतबारको दु:खद घटनापछि कार्यक्रम हुने की नहुने भन्ने बारेमा रहेको अन्यौल हटेको छ। सभाका लागि अहिले आन्तरिक तयारी छौं’ एमालेका स्थायी कमिटीका सदस्य तथा चितवन-१ का प्रतिनिधिसभाका सदस्यमा उम्मेदवार सुरेन्द्र पाण्डेले भने, ‘जनतामा माओवादी अध्यक्षको आगमनप्रति चासो रहेको छ।’
सभामा सहभागी भएपनि दाहालले सम्बोधन गर्ने कार्यक्रम भने छैन। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘पचास हजार मानिसलाई उतारेर कार्यक्रम हुने छ’ पाण्डेले भने, ‘दुई घण्टाभित्र सबै कार्यक्रम सक्ने गरी तयारी भैरहेको छ ।’
अध्यक्ष दाहाल चितवन–३ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका छन् । दाहालका छोरा प्रकाशको आइतबार बिहान सुतिरहेको स्थानमा आकस्मिक हृदयघातको कारण काठमाडौंमा निधन भएको थियो। त्यसपछि चुनावी कार्यक्रमलाई छाडेर अध्यक्ष दाहाल राजधानी फिरेका थिए।
माओवादी अध्यक्ष दाहाल नौ बजे र एमाले अध्यक्ष ओली ११ बजे काठमाडौबाट चितवन जाने छन्।
Anil Thapa
“वेटा तो गिया गिया चुनाव भि गिया”नहोस् भन्ने होला नि
Shyam Shubham Giri
आर्यघाट मा पोलेऊ काज किरिया गरेनौ यसरी काजकिरिया नै नगर्नू थियो त लास जलाऊने मिसिन मा लगेर ख्वात्त हालेको भए भई हाल्थ्यो नि ? भड्किन्छ है प्रकाश को आत्मा
Dev Bhattarai
Parchad.को
Dev Bhattarai
nmber.pauna.sakin6