प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ।
  • बिहीबार बसेको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष कांग्रेसले अवरुद्ध गरेको हो।
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष कांग्रेसले अवरुद्ध गरेको हो।  
बैठक सुरु हुनासाथ सभामखले कांग्रेस सांसद मिनेन्द्र रिजाललाई बोल्ने समय दिए। डाक्टर मिनेन्द्र रिजालले सरकारले सरकारको चर्को आलोचना गरे। उनले सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको तर आफूहरुले त्यसो हुन नदिने दाबी गरे। 
सरकारले भारत बेलायत, युरोपियन युनियनलाई लरकारेको भन्दै आपत्ति जनाए। उनले सरकारका मानिसले कांग्रेस नदेखेको भन्ने अभिव्यक्ति दिने गरेको भन्दै कांग्रेस नदेख्ने धेरै शक्ति अहिले खोज्नुपर्ने अवस्थामा पुगेको चेतावनी दिए। ‘कांग्रेसलाई राणाले देखेनन्, राजा महेन्द्रले देखेनन्, ज्ञानेन्द्रले देखेनन्। तर जब देखे त्यतिबेला ढिला भइसकेको थियो,’ उनले भने।

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?